प्राइम कमर्सियल बैंक वित्तीय विवरणमा पनि प्राइम बन्ने लयमा

Aug 14, 2018 Merolagani

प्राइम कर्मर्सियल बैंक (PCBL) ले गत आर्थिंक बर्षमा गरेको प्राइम बन्ने लय समातेको प्रगति विवरण पस्किएको छ । बैंकले आफ्नो खुद नाफा ४२.३३ प्रतिशतले बढाएको हो । अघिल्लो बर्ष एक अर्ब ३६ करोड खुद नाफा गरेको बैंकले एक अर्ब ९४ करोड रुपैयाँ पुर्याएको छ ।

एक अर्ब ८९ करोड २० लाखको लाभांश क्षमता

नेपाल फाइनान्सिङ रिर्पोटिङ्ग स्टाण्डर्ड (एनएफआरएस) अनुसार मंगलबार प्रकाशित आर्थिक बर्ष २०७४/७५ को चौथो त्रैमासमा बैंकले एक अर्ब ८९ करोड २० लाखको लाभांश क्षमता बनाएको छ ।

राष्ट्र बैंकको व्यवस्था अनुसार आर्थिक बर्ष २०७४/७५ मा बैंकले पाँच करोड दुई लाख रेगुलेटरी एड्जस्टमेन्ट पश्चात बैंकले साे लाभांश क्षमता बनाएको हाे । यो रकम बैंकले केन्द्रिय बैंकले तोकेको प्रावधान अनुसार तोकिएका शिर्षकहरुमा व्यवस्था पश्चात सेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्छ ।

सबै सूचकहरुमा उत्साहप्रद प्रगति

गत आर्थिक बर्षमा बैंकले सबै सूचकहरुमा उत्साहप्रद प्रगति गरेको छ । चुक्ता पूँजी स्थिर रहेको बैंकको जगेडा कोष ९७ प्रतिशतले बढेको छ । निक्षेप र कर्जा विस्तारलाई २० प्रतिशत बढीले विस्तार गरेको बैंकले समिक्षा अवधिमा कोषको लागत बढ्न नदिँदा खुद ब्याज आम्दानी ३८.७३ प्रतिशतले सुधारिएको वित्तीय विवरण निकालेको छ ।

पूँजी कोषमा सुधार आवश्यक

बैंकको खराब कर्जा अनुपात घटेर ०.६६ प्रतिशत कायम भएको छ भने प्रतिसेयर आम्दानी ७ रुपैयाँ बढाएर २४ रुपैयाँ १८ पैसा कायम गरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ९९ पैसा, कोषको लागत ८.०४ र आधार ब्याजदर १०.४७ र पूँजी कोष अनुपात १२.५४ प्रतिशत रहेको छ । बैंकलाई पूँजी कोष अनुपातमा भने सुधार आवश्यक देखिन्छ ।

निक्षेप संकलन र कर्जा परिचालन सन्तुलित

आठ अर्ब तीन करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा तीन अर्ब ७१ करोड ११ लाख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा बैंकले ८१ अर्ब ३१ करोड ३३ लाख निक्षेप संकलन गरेको छ भने ७० अर्ब ९२ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन र कर्जा विस्तारसँगै संस्थागत सुशासनमा पनि ध्यान दिएकाले प्राईमको अवस्था सुदृढ हुँदै गएको हो ।

खुद ब्याज आम्दानी ३८.७३ प्रतिशतले सुधारियाे

बैंकको खुद ब्याज आम्दानी ३८.७३ प्रतिशतले सुधारिएकाे छ । अघिल्लो बर्ष एक अर्ब ९२ करोड १९ लाख खुद ब्याज आम्दानी रहेकोमा बढेर दुई अर्ब ६६ करोड ६२ लाख रुपैयाँ पुगेको हाे । काेषकाे लागत बढ्न नदिँदा बैंककाे खुद ब्याज अाम्दानीमा उत्साहजनक सुधार अाएकाे हाे ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।