सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक सबैभन्दा अगाडि, प्रतिशेयर आम्दानी कति ?

Aug 15, 2018 Merolagani

हालसम्म वित्तीय विवरण प्रकाशित गरेका वाणिज्य बैंकहरुमध्ये नबिल बैक (NABIL)  गत आर्थिक बर्षमा सर्वाधिक नाफा कमाउने बैंकको पहिलो नम्बरमा देखा परेको छ । गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार बैंकले चार अर्ब ५ करोड खुद नाफा गरेको छ ।

एनएफआरएस अनुसार ४ अर्ब ५ करोड रुपैयाँ बैंकको वितरण योग्य नाफा हो । अघिल्लो बर्ष बैंकको यस्तो नाफा ३ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो ।

बैंकले यसवअधिमा ६ अर्ब २६ करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ५४ करोड थियो । ११ अर्ब ३४ करोड ब्याज आम्दानी गरको बैंकले ५ अर्ब ८ करोड मात्र ब्याज खर्च गरेको छ । ब्याज आम्दानी बढेपछि बैंकको नाफा बढेको हो ।

आठ अर्ब चुक्ता पूँजी रहेको बैंकको जगेडाकोषमा दश अर्ब रुपैयाँ राखेको छ । बैंकले समीक्षा अवधिमा १ खर्ब ३५ अर्ब निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब कर्जा परिचालन गरेको छ ।

बैंकले खराब कर्जा समेत घटाएर ०.५५ प्रतिशतमा सीमित गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७४.६८ प्रतिशत, कोषको लागत ४.७५ प्रतिशत तथा आधार ब्याजदर ७.७८ प्रतिशत छ ।

बैंकको प्रतिसेयर आम्दानी ५०.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.२७ गुणा छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।