दुई ब्रोकर कम्पनी निलम्बनमा, धितोपत्र कारोबारमा रोक

Aug 19, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जले सेयर दलाल नम्बर १७ काे एबिसी सेक्युरिटिज प्रा.ली र सेयर दलाल नम्बर ५ मार्केट सेक्युरिटिज प्रा.लि लाई कारोबार गर्न रोक लगाएको छ ।

धितोपत्र बोर्डको निर्देशन अनुसार सो ब्रोकरहरुलाई निलम्बन गरिएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार दुबै दलाल कम्पनीले धितोपत्र बोर्डलाई तिर्नुपर्ने बार्षिक शुल्क नतिरेकाले निलम्बन गरिएको हो ।

ब्रोकरहरुले संकलन गरेको कुल सेवा शुल्कको ०.६ प्रतिशत रकम नियमन शुल्क बापत धितोपत्र बोर्डलाई बुझाउनुपर्ने व्यवस्था छ ।

 

सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गर्ने क्रम चल्न थालेको बेला कारोबार रोकिँदा त्यहाँबाट कारोबार गरिरहेका लगानीकर्ताहरु बदलिँदो अबस्थाबाट फाईदा लिन बञ्चित भएका छन्  

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।