'अर्थतन्त्र खतराको विन्दुमा छैन, अहिल्यै बजेटको रिजल्ट खोज्ने बेला होईन': अर्थमन्त्री

Aug 29, 2018 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्र खतरामुक्त रहेको बताएका छन् । अर्थमन्त्री खतिवडाले अर्थतन्त्र बारे नकारात्मक टिप्पणी गर्दा लगानीकर्ताको मनोबल गिर्ने बताउदै केही सूचक नकारात्मक रहेपनि मुलुकको अर्थतन्त्र खतराको विन्दुमा नरहेको प्रष्ट पारे ।

बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १९ औ साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा केही समस्या र अपेक्षा रहेको उल्लेख गर्दे सरकार सबल अर्थतन्त्र निमार्णको चरणमा रहेको दाबी गरेका हुन् ।

साथै उनले लगातार दुई बर्ष ६ प्रतिशत बढीको आर्थिकवृद्धि हासिल भएको उल्लेख गर्दे त्यो भन्दा माथिको आर्थिक वृद्धिको परिकल्पना र कोशिस गरिएको प्रष्ट पारे । उनले सरकारले मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिएको पनि स्मरण गराए । अर्थतन्त्र खस्कियो भनेर गरिने हल्लाले लगानीकर्ता र नीजि क्षेत्रको मनोबल गिराउने उनको भनाई छ ।

'वित्तीय संघियता लागू भएको एक महिना १२ दिन पनि पुगेको छैन । यति अवधिमा सबै कुरा ठिक हुँदैन, वित्तीय संघियता कार्यन्वयनका लागि कानून निमार्णको काम भईरहेको छ । सरकारले कानून नबाई काम गर्दा अहिले देखिएका कतिपय समस्याहरु द्धिर्धकालिन रुपमा समाधान नहुनसक्छन् । हामी अहिले देखिएका समस्यालाई दिर्घकालिन समाधान खोजिरहेका छौ । केही नराम्रा काम गरेका छैनौ, राम्रा काम गर्न अलिकति समय लाग्छ । बजेट कार्यन्वयनमा आएको ६ हप्ता पनि भएको छैन, अहिले नै रिजल्ट खोज्न हतारो होला । 'अर्थमन्त्रीले भने ।

आफूले बजेट अनुशासनमा राख्ने प्रयास गरेको र केही अनुशासन बाहिर गएकोलाई समेत लिकमा ल्याउने प्रयास जारी रहेको उनले बताए । राजस्व तथा भन्सार दरलाई वैज्ञानिक हिसाबले समायोजन गर्ने कार्य भइरहेको, विदेशी लगानी निर्यातजन्य उद्योगमा भित्र्याउन पहल भइरहेको, आन्तरिक उत्पादन र निर्यात प्रवद्र्धनका कामहरु अघि बढीरहेको खतिवडाले जानकारी दिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।