शेयर बजार बढेपछि म्युचुअल फण्डको 'नाभ'मा पनि देखिन थाल्यो सुधार

Sep 26, 2018 Merolagani

पछिल्लो समय सेयर बजार बढन थाले सँगै म्युचुअल फण्डहरुको प्रति इकाई खुद सम्पत्तिको मूल्य समेत बढ्न थालेको छ । नबिल इन्भेष्टमेन्ट बैकिंङ अन्र्तगत सञ्चालित नबिल इक्वीटी फण्ड (NEF) ले गत साउनको तुलनामा भदौमा प्रति इकाई खुद सम्पत्तिको मूल्य बढेको विवरण प्रकाशित गरको छ ।

भदौमा नबिल इक्वीटी फण्डको प्रति इकाई खुद सम्पत्तिको मूल्य ८ रुपैयाँ ७१ पैसा पुगेकोे छ । साउनमा प्रति इकाई खुद सम्पत्तिको मूल्य ८ रुपैयाँ ५७ पैसा थियो । साउनको तुलनामा भदौमा १५ पैसाले वृद्धि भएको हो ।

फण्डको प्रति इकाई खुद सम्पत्तिको मूल्य दश रुपैयाँ तल छ । अझै पनि फण्डको इकाईका लगानीकर्ता एक रुपैयाँ २९ पैसा नोक्सानमा छन् ।

फण्डले भदौ महिनासम्ममा सूचीकृत ५४ कम्पनीमा ६६ करोड ८९ लाख ६८ हजार ५८८ रुपैयाँ लगानी गरेको छ । साथै फण्डले भदौमा सूचीकृत ऋणपत्रमा ८ करोड ६३ लाख ८८ हजार ८३९ रुपैयाँ लगानी गरेको छ ।

त्यसैगरि सूचीकृत हुन बाँकि रहेका कम्पनीको शेयरमा एक करोड ६८ लाख ८२ हजार १६४ रुपैयाँ लगानी गरेको छ भने मुद्धती निक्षेपमा १२ करोड ५० लाख रुपैयाँ रहेको छ ।

भदौसम्म फण्डको खुद सम्पत्ति एक अर्ब ८ करोड ८१ लाख ९१ हजार ५९२ रुपैयाँ रहेको छ । बैंक मौज्दातमा १८ करोड २६ लाख ५ हजार १७ रुपैयाँ छ । फण्डले ९८ लाख ८१ हजार २३१ रुपैयाँ आम्दानी गर्दा ४१ लाख ७१ हजार ७९२ रुपैयाँ खर्च गरेको छ ।

comments powered by Disqus

सिटिजन लाइफको लाभांश घोषणा

May 06, 2024 09:47 AM

सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।