लक्ष्मी क्यापिटलका दुबै म्युचुअल फण्डले नोक्सानी घटाए, प्रतिइकाई खुद मूल्यमा सुधार

Sep 30, 2018 Merolagani

लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालित लक्ष्मी भ्यालू फण्ड १ र लक्ष्मी इक्विटी फण्ड दुबैले आफनो नोक्सानी घटाउदै लगेका छन् । शेयर बजारमा आएको सुधारले साउनको तुलनामा भदौमा फण्डहरुको नोक्सानी घटेको छ भने प्रति इकाई खुद मूल्यमा समेत बृद्धि भएको विवरण सार्वजनिक गरेका छन् ।

 

लक्ष्मी भ्यालु फण्ड– १
लक्ष्मी क्यापिटलको पहिलो सामूहिक लगानी कोष लक्ष्मी भ्यालु फण्ड– १ को भदौ मसान्तसम्ममा नोक्सानी घटेर ९ करोड ३४ लाख रुपैयाँमा झरेको छ । जुन साउनको तुलनामा ९६ लाख कम हो । गत साउनसम्म फण्ड कूल १० करोड २७ लाख रुपैयाँ नोक्सानीमा थियो ।

लक्ष्मी भ्यालु फण्ड– १ को भदौ मसान्तसम्म खुद सम्पत्ति ५४ करोड ७५ लाख १ हजार ५१४ रुपैयाँ रहेको छ । यो गत साउनको तुलनामा ८२ लाख ९५ हजार ३४९ रुपैयाँले बढि हो । साउन मसान्तसम्म फण्डको खुद सम्पत्ति ५३ करोड ९२ लाख ६ हजार १६५ रुपैयाँ रहेको थियो ।

साउनको तुलनामा लक्ष्मी भ्यालु फण्ड १ को भदौ महिनामा प्रति इकाई खुद मूल्य १७ पैसाले बढेको छ । गत साउनमा १० रुपैयाँ ७८ पैसा रहेको प्रति इकाई खुद मूल्य भदौमा १० रुपैयाँ ९५ पैसा पुगेको छ ।
फण्डले भदौसम्ममा ३५ वटा सूचीकृत कम्पनीहरुको शेयरमा ३१ करोड २३ लाख ६२ हजार ६३८ रुपैयाँ लगानी गरेको छ । यो फण्डले नबिल बैंकको संस्थापक शेयरमा सवैभन्दा बढी ४० हजार ३१९ कित्ता शेयरमा २ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । 

फण्डको बैंक मौज्दातमा १७ करोड ११ लाख ५२ हजार रुपैयाँ छ । ६ करोड रुपैयाँ मुद्धती निक्षेपमा जम्मा गरेको छ ।

लक्ष्मी इक्विटी फण्ड

यस्तै लक्ष्मी क्यापिटल कै ब्यवस्थापनमा सञ्चालित अर्को सामूहिक लगानी कोष लक्ष्मी इक्विटी फण्ड ले पनि नोक्सानी घटाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । फण्ड भदौसम्म १९ करोड ११ लाख ९३ हजार नोक्सानीमा छ । गत साउन मसान्तसम्म फण्ड २१ करोड ३३ लाख ४६ हजार रुपैयाँ नोक्सानीमा थियो । यस अवधिमा फण्डको नोक्सानी २ करोड २१ लाख ५३ हजार रुपैयाँले घटेको हो ।

लक्ष्मी इक्विटी फण्डको भदौ मसान्तसम्म खुद सम्पत्ति १ अर्ब १० करोड २९ लाख ६५ हजार छ । साउन मसान्तसम्म फण्डको खुद सम्पत्ति १ अर्ब ८ करोड ३२ लाख ६९ हजार रुपैयाँ थियो ।

यस्तै फण्डको प्रति इकाई खुद मूल्य पनि बढेको छ । गत साउन सम्ममा ८ रुपैयाँ ६७ पैसा रहेको फण्डको प्रति इकाई खुद मूल्य भदौमा ८ रुपैयाँ ८२ पैसा पुगेको छ । फण्डको प्रति इकाई खुद मूल्य १५ पैसाले बढेको हो ।

लक्ष्मी इक्विटी फण्डले ५८ सूचीकृत कम्पनीको शेयरमा ८८ करोड ८८ लाख १० हजार ३८८ रुपैयाँ लगानी गरेको छ । जस मध्ये सबैभन्दा बढी एनएमबि बैंकको एक लाख ३७ हजार ८५९ कित्ता शेयरमा ५ करोड १३ लाख २९ हजार रुपैयाँ बराबरको लगानी गरेको छ ।

फण्डले आफुँसग रहेको रकममध्ये ३२ करोड ९९ लाख ७६ हजार ७०६ रुपैयाँ बैंक मौज्दात र ७ करोड रुपैयाँ बैंक मुद्धती निक्षेप रहको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।