कर्जा विस्तारमा आक्रामक बैंकहरुको सुस्ताउँदै निक्षेप, तरलता संकटको खतरा

Oct 04, 2018 Merolagani

बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम (तरलता) प्रशस्त भएपछि यतिबेला बैंकहरु कर्जा विस्तारमा आक्रमक देखिएका छन् । चालु आर्थिक बर्ष सुरु भए देखि नै निक्षेप संकलन भन्दा कर्जा विस्तारमा जोड दिँदै आएका बैंकहरु असोज लागेपछि कर्जा विस्तारमा झनै आक्रामक देखिएका छन् ।

असोजको दोस्रो सातामा १९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका बैंकहरुले ८ अर्ब रुपैयाँ मात्र निक्षेप संकलन गरेका छन् ।

असोज लागेपछि १२ दिनको अवधिमा मात्रै बैंकहरुले ३४ अर्ब कर्जा परिचालन गरेका छन् भने १८ अर्ब निक्षेप संकलन गरेका छन् ।

चालु बर्ष सुरु भएयता अर्थात् गत साउन १ गतेदेखि असोज १२ गतेसम्मको अवधिमा बैंकहरुमा ५० अर्ब निक्षेप थपिएको छ भने ९७ अर्ब कर्जा विस्तार गरेका छन् ।

 

 

 

गत असार मसान्तसम्म बैंकहरुसँग २४ खर्ब ७० अर्ब निक्षेप थियो भने सो अवधिमा २१ खर्ब ११ अर्ब ऋण लगानी गरेका थिए ।

असोजको दोस्रो साताको अन्त्यसम्म बैंकहरुले कूल २५ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने २२ खर्ब ८ अर्ब रुपैयाँ ऋण दिएका छन् ।

 

 

दशैँ तिहार छठ लगायतका पर्वहरु सुरु भएकाले अहिले कर्जाको माग अत्याधिक रहेको बैंकरहरुको भनाई छ । चाडपर्वको अवसरमा विशेषगरी गाडी कर्जाको माग बढी हुने गरेको उनीहरु बताउँछन् । त्यसैगरी यहि सिजनमा विदेशबाट आयत बढ्ने हुँदा पनि कर्जाको माग बढ्ने गरेको छ ।

राष्ट्र बैंकले तरलता प्रशोचन गरिरहेको र बैंकहरु निक्षेप जुटाउन भन्दा कर्जा विस्तारमा आक्रामक बनेपछि बैकिङ्ग क्षेत्रमा अघिल्लो बर्षहरुमा जस्तै पुन तरलता संकट उत्पन्न हुनसक्ने आंकलन गर्न थालिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।