गत वर्ष बैंकले ६ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी वृद्धिले बैंकको खुद नाफा बढोत्तरीमा सहयोग पुगेको हो ।
बैंकको चुक्ता पूँजी एक अर्ब ६२ करोड २६ लाख रुपैयाँ छ भने जगेडा कोषमा ४२ करोड ८१ लाख रुपैयाँ सञ्चित गरेको छ ।
असोज मसान्तसम्म यस बैंकले १५ अर्ब २५ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
तीन महिना अवधिमा ४८ करोड ८१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले २८ करोड ६८ लाख रुपैयाँ ब्याज खर्च गर्दा २० करोड १३ लाख रुपैयाँ बैंकको खुद ब्याज गरेको छ । गत बर्ष यसै अवधिमा बैंकले १४ कराेड ६० लाख मात्र खुद ब्याज अाम्दानी कमाएकाे थियाे ।
बैंकले निष्कृय कर्जा अनुपात ०.११ प्रतिशत रहेको छ । बैंकको नाफा बढेसँगै प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९६ पैसा बढेर २३ रुपैयाँ ८५ पैसा पगेको छ ।
प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ३९ पैसा रहेको यस बैंकको मूल्य आम्दानी अनुपात ९.८५ गुढाले मात्र बढी छ ।