पूर्णिमा विकास बैंकको खुद नाफा १४.३८ प्रतिशतले वृद्धि

Nov 04, 2018 Merolagani

पूर्णिमा विकास बैंकको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा एक करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा १४.३८ प्रतिशतले खुद नाफा बढेको हो । बैंकको गत वर्षको पहिलो त्रैमासमा एक करोड ३१ लाख रुपैयाँ खुद नाफा रहेकाे थियो ।

चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १९ करोड तीन लाख रुपैयाँ संचित छ । 

त्यसैगरी समीक्षा अवधिसम्मा ३ अर्ब २९ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले दुई अर्ब ८२ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

चालुबर्षको तीन महिनामा बैंकको खुद ब्याज आम्दानी तीन करोड ९४ लाख रुपैयाँ छ । गत वर्षको तुलनामा बैंकले खुद ब्याज आम्दानी २४ प्रतिशतले वृद्धि गरेको हो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी तीन करोड १८ लाख रुपैयाँ थियो ।

बैंकमा निष्कृय कर्जा ०.५६ प्रतिशतको अनुपातमा रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ २६ पैसा छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।