महालक्ष्मी विकास बैंकको नाफामा छलाङ्ग, तीन महिनामा साढे दश करोड कमायो

Nov 14, 2018 Merolagani

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा महालक्ष्मी विकास बैंक (MLBL) ले ९०.६५ प्रतिशतले नाफा बढाएको छ । पहिलो त्रैमासमा १० करोड ५६ लाख रुपैयाँ नाफा गरेको बैंकका अन्य सूचकहरु समेत सकारात्मक रहेका छन् ।

गत बर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ४ करोड ९२ लाख रुपैयाँले धेरै हो। गत वर्षको यसै अवधिमा बैंकले ५ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सञ्चालन खर्च व्यवस्थापन सन्तुलनमा राख्दा, खराब कर्जा उठाउन  र ब्याज आम्दानी बढोत्तरी हुँदा बैंकको नाफा वृद्धि भएको हो ।

चुक्ता पूँजी २ अर्ब ८४ करोड र जगेडा कोषमा एक अर्ब ५ करोड १४ लाख रुपैयाँ रहेको बैंकको पूँजी कोष अनुपात १६.५१ प्रतिशत छ।

असोज मसान्तसम्ममा २६ अर्ब ६८ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २२ अर्ब ८३ करोड ५६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यस त्रैमासमा बैंकले २४ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यसै अवधिको तुलनामा बैंकको खुद ब्याज ४२.८१ प्रतिशतले धेरै आम्दानी गरेको हो ।

बैंकमा निष्कृय कर्जा अनुपात ३.३९ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ९६ पैसा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।