नेशनल इन्स्योरेन्सको खुद नाफामा छलाङ्ग

Dec 06, 2018 Merolagani

गत वर्षको यस अवधिमा कम्पनी ६८ करोड रूपैयाँ ऋणात्मक रहेको नेशनल इन्स्योरेन्स (NICLL) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा उलेख्य रूपमा खुद नाफा बढाएकाे छ । इन्स्याेरेन्स कम्पनीले चालू अावकाे तीन महिना अवधिमा एक करोड ७० लाख रुपैयाँ खुद नाफा  अार्जन गरेकाे  हाे।

कम्पनीले २६ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्य आर्जन गरेको छ भने पूर्नबीमा कमिशन आय १८ हजार, लगानी कर्जा तथा अन्य आय ३ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ । 

नेशनल इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजी खुलाएको छैन भने जगेडा कोषमा ३८ करोड पनि ऋणत्मक देखिएको छ । तर बीमा कोष भने १६ करोड ६० लाख रुपैयाँले बढाएको छ । गत वर्षको यस अवधिमा ८३ करोड २३ लाख रुपैयाँ रहेको बीमा कोष चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९९ करोड ८३ लाख संचित गरेको हो ।

नेशनल लाइफले चुक्ता पूँजी देखाएको छैन भने जगेडा कोषमा ३८ करोड ५१ लाख रुपैयाँ ऋणत्मक छ । बीमा कोषमा ९९ करोड ८३ लाख रुपैयाँ र महाविपत्ती कोषमा २ करोड ६५ लाख रुपैयाँ संचित छ ।

कम्पनीले ६ हजार ४०९ बीमालेख जारी गरि कुल २८ करोड रुपैयाँको बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा ३ हजार ४५८ बीमालेख मात्रै नविकरण भएको छ ।

इन्स्योरेन्सले ६५१ दाबी वापत १८ करोड ७६ लाख रुपैयाँ कुल भुक्तानी गरेको छ भने १४ सय ३६ वटा दाबी वापत ६६ करोड ३८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

नेशनल इन्स्योरेन्स हाल सम्ममा नेप्सेमा सूचीकृत छैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।