मन्त्रिपरिषद् बैठककाे निर्णयः मन्त्री निवास भैंसेपाटी सर्ने,राजकिय पाहुनाका लागि १० अतिथी गृह बनाईने

Dec 06, 2018 merolagani

साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूकाे सरकारी निवास सार्ने निर्णय गरेकाे छ। ललितपुरस्थित पुल्चाेकमा रहेकाे हालकाे मन्त्रीक्वाटरलाई विशिष्ट पाहुनाकाे अतिथिगृह बनाउने निर्णय सरकारले गरेकाे छ। अब मन्त्रीहरूकाे सुविधासम्पन्न क्वाटर भैंसेपाटीमा बन्ने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गाेकुल प्रसाद बाँस्काेटाले जानकारी दिए। 

 

सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्राहलय बनाउने निर्णय पनि गरेकाे छ। मन्त्रिपरिषद्ले गरेका निर्णयहरू निम्नानुसार छन्ः-

१. प्रधानमन्त्री केपी शर्मा ओलीलाई युनिभर्सल पिस फेडरेसनबाट पाएको एक लाख अमेरिकी डलरमा सोहि बराबरको रकम नेपाल सरकारले थप गरी शान्ति सुशासन, नबप्रर्वदन, बैज्ञानिक खोज, अनुसन्धान तथा विकासका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलाई प्रोत्सहान तथा हौसला प्रदान गर्ने उद्देश्यले प्रधानमन्त्री प्रतिभा पुरस्कार कोषको स्थापना गर्ने ।

२. पोल्याण्ड सरकारद्धारा राष्ट्रसंघिय संरचना महासन्धी अन्र्तगतमा पक्षराष्ट्रहरुको २४ औं सम्मेलनमा decelaration गर्ने प्रस्ताव solidarity and just transition Silesia decelaration  गर्ने । 

३. पुवा उत्तरगंगा गाँउपालिका, रुकुम (पुर्बी रुकुम) को केन्द्र साविककाे गाविसको कार्यालयबाट परिवर्तन गरी तक्मेरामा कायम गरिएको 

४. नेपाल र श्रीलंकाबीच संयुक्त हुलाक टिकट प्रकाशन गर्ने सम्बन्धी हस्ताक्षर गर्ने  । त्यस्तै हुलाक सेवा सम्बन्धी विद्येयक तर्जुमा गर्न तयार पारिएको अवधारणपत्र स्वीकृत गर्ने ।

५. नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा नियुक्ती सिफारिस गर्न तीन सदस्य छनौट समिति गठन गर्ने ।

६. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा रमेश कुमार पोखरेल, विराटनगर, ५ मोरङ्गलाई नियुक्त गर्ने ।

७. नेपाल भारत एकीकृत भन्सार जाँच चौकी, वीरगञ्जको जग्गा मुआब्ज बिवाद समधान गर्न भन्सार स्थापना गर्दा बिस्थापित भएर घरबारबिहिन हुन पुगेका परिवारलाई प्रति परिवार एक लाख ५० हजार रुपैयाँ र यस अघि मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रति परिवारलाई एक लाख रुपैयाँ प्रदान गर्ने  । 

८. काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापन गर्न नुवाकोट जिल्ला स्थित बन्चरेडाँडामा निर्माण गर्नुपर्ने करिब १५ मिटर अग्लो ड्याम र अन्य पुर्वाधार सहितको ल्यान्ड फिल्ड साइट निमार्ण गर्ने जिम्मा शहरी विकास मन्त्रालयलाई दिने । 

९. ललितपुर जिल्ला, ललितपुर महानगरपालिका सैंवु भैसेपाटीस्थित सैंवु आवास क्षेत्रमा सांसद आवासको लागि छुट्टाएको १४९ रोपनी चार आना ३.२८ दाम जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीहरुका लागि २७ वटा आवास भवनका साथै प्रदेश प्रमुख र मुख्यमन्त्री आवास/सम्पर्क कार्यालयका लागि १४ वटा भवन निमार्ण गर्ने निर्णय गरिएको छ ।

१०. ललितपुर पुल्चोकस्थित हाल मन्त्री निवास रहेको परिसरमा १० वटा राजकिय अतिथी गृह निर्माण गर्ने र सोको लागि मन्त्री निवास रहेको जग्गा अपर्याप्त भएमा नेपाल राष्ट्रिय पुस्तकालय रहेको छेवैको सरकारी जग्गासमेत उपयोग गर्ने निर्णय गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।