कृषि विकास बैंकको प्रमुख कार्यकारीमा प्रधानमन्त्रीका आकांक्षी पनि भिड्दै, यस्ता छन् प्रतिस्पर्धी

Dec 14, 2018 Merolagani

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदका लागि १७ जनाको आवेदन परेको छ । प्रमुख कार्यकारी अधिकृत छनौट समितिले पहिलो चरणको प्रारम्भिक छनौट प्रकृया सुरु गरेको छ । तत्कालिन समयमा पुर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पदका लागि उम्मेदवार माग गर्दा आवेदन गर्ने एक आवेदक पनि बैंकको प्रमुख कार्यकारी अधिकृत बन्ने प्रतिष्पर्धीको सूचीमा छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको कार्यकाल मंसिर २७ गते बिहीबारदेखि सकिएको छ । शुक्रबारदेखि रिक्त रहेको बैंकको प्रमुख कार्यकारीमा को छनौट हुन्छ भन्ने चासो बढेर गएको छ ।

१७ जना आवेदक मध्ये १० जना कृषि विकास बैंकमा आबद्ध तथा पूर्व कर्मचारी छन् भने ७ जना अन्य संस्थाहरुमा आबद्ध भईसकेकाहरु छन् ।

कृषि विकास बैंकको उपमहाप्रबन्धक पदमा कार्यरत प्रताप सुवेदी प्रमुख कार्यकारी अधिकृत पदका पहिलो उम्मेदवार हुन् । उनी बैंकमा लोकप्रिय मानिन्छन् । सुवेदी पर्वतका स्थायी बासिन्दा हुन् ।

कृषि विकास बैंककै पुर्व उपमहाप्रबन्धक शेषरमण आचार्य पनि प्रमुख कार्यकारी अधिकृतको दौडमा छन् । काभ्रेका आचार्य प्रमुख कार्यकारी अधिकृतका दोस्रो उम्मेदवार हुन् ।

प्रमुख कार्यकारी अधिकृतको तेस्रो उम्मेदवार बैंककै पुर्व उपमहाप्रबन्धक अनिल उपाध्याय छन् । उनी नेकपाका नेता माधवकुमार नेपालका नातेदार हुन् ।

बैंकका पूर्व विभागीय प्रमुुख ताराखर अधिकारी प्रमुख कार्यकारी अधिकृतका चौथो उम्मेदवार हुन् । उनी तत्कालिन नेकपा एमालेको भातृ संगठनमा सक्रिय हुँदै गर्दा कृषि विकास बैंकमा आबद्ध भएका थिए ।

बैंकका बहालवाला उपमहाप्रबन्धक अरुणकुमार ढुुंगाना प्रमुख कार्यकारी अधिकृतका पाँचौं प्रतिष्पर्धी हुन् । उनी काँग्रेस नेता आनन्दप्रसाद ढुंगानाका आफन्त हुन् ।

बैंकका पुर्व विभागीय प्रमुख शिव अधिकारी प्रमुख कार्यकारी अधिकृतको दौडमा छौठौं नम्बरका प्रतिष्पर्धी हुन् । उनले यस अघि पनि २ पटक प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन गरिसकेका छन् । पुर्व राजा ज्ञानेन्द्र शाहले तत्कालिन अवस्थामा प्रधानमन्त्री पदका लागि आवेदन माग्दा अधिकारीले पनि आवेदन दिएका थिए ।

प्रमुख कार्यकारी पदका सातौं उम्मेदवार बैंकका बहालवाला उपमहाप्रबन्धक पूर्ण प्रसाद आचार्य हुन् ।  आर्चाय बैंकका वरिष्ठ उप महाप्रबन्धकका रुपमा कार्यरत छन् । जनशक्ति, वित्त तथा लेखाका साथै बैंकिङ व्यवसायका बारेमा आर्चायले विशेष दख्खल राख्छन् । उनलाई सबैभन्दा बलियो दाबेदारको रुपमा लिईएको छ । 

बैंकका पूर्व उपमहाप्रबन्धक नरेशकुमार रोक्का प्रमुख कार्यकारी पदका आठौं प्रतिष्पर्धी हुन् । आफ्नो कार्यकालमा बैंकका कर्मचारीका बिचमा रोक्का लोकप्रिय मानिन्थे ।

प्रमुख कार्यकारी अधिकृत पदका नवौं उम्मेदवार कृषि विकास बैंकमा शाखा अधिकृतका रुपमा १० वर्ष सेवा गरेका युवराज गुरागाई हुन् । उनी हाल सिभिल बैंकमा कार्यरत छन् । उनी झापाका हुन् ।

कृषि विकास बैंक भित्रबाट नै प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन दिने दशौं उम्मेदवार प्रमोदबाबु तिवारी हुन् । उनी हाल कृषि विकास बैंकको तालिम केन्द्र बोडे, भक्तपुरमा कायम मुकायम विभागिय प्रमुखका रुपमा कार्यरत छन् ।

उल्लेखित १० जना बाहेकका ७ जना आवेदकहरु कृषि विकास बैंकमा विगत तथा वर्तमानमा आबद्ध छैनन् । उनीहरुको सूची यस्तो छ ।

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदका ११ औं नम्बरका आकाँक्षी कपिलमणि ज्ञवाली हुन् । उनी यस अघि राष्ट्रि वाणिज्य बैंकमा उपमहाप्रबन्धक भैसकेका छन् । केही समय अघि नागरिक लगानी कोषको प्रमुख कार्यकारी अधिकृत पदको शिर्ष तीन उम्मेदवारमा ज्ञवाली छनौट भएर प्रमुख कार्यकारी हुन सकेका थिएनन् ।

१२ नम्बरका प्रतिष्पर्धी गोविन्द घिमिरे हाल एनएमबि बैंकमा कार्यरत छन् । घिमिरे एनएमबिमा व्यापार महाशाखा प्रमुखको रुपमा कार्यरत छन् ।

१३ नम्बरका प्रतिष्पर्धी शंकर रायमाझी राष्ट्रि वाणिज्य बैंकका पुर्वकर्मचारी हुन् । उनी वाणिज्य बैंकमा रहँदा कर्मचारी संगठनमा सक्रिय थिए ।

१४ औं नम्बरका प्रतिष्पर्धी डा. शिवहरी श्रेष्ठ भर्खरै साधारण शेयर निष्काशन गरेको सामुदायिक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत हुन् । यस अघि श्रेष्ठले बीमा संस्थान तथा खाद्य संस्थानको नेतृत्व सम्हालिसकेका छन् । उनी एनआईडिसी डेभलपमेण्ट बैंकका पुर्व कर्मचारी समेत हुन् ।

१५ औं नम्बरका प्रतिष्पर्धी डा. झमकप्रसाद शर्मा पुर्व निजामति कर्मचारी हुन् ।
१६ औं नम्बरमा बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि बिमल डाँगीले आवेदन दिएका छन् ।

१७ औं नम्बरमा रामदेव यादवले प्रमुख कार्यकारी अधिकृत पदका लागि उम्मेदवारी दिएका छन् । यादव यस अघि नेपाल ग्रामिण विकास बैंकमा आबद्ध थिए ।

बैंकको प्रमुख कार्यकारी अधिकृत छनौट प्रकृयालाई स्वतन्त्र बनाइने भन्दै आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालको संयोजकत्वमा ३ सदस्यीय छनौट समिति गठन गरिएको छ । समितिमा बैंकका सञ्चालक घनाश्याम अवस्थी तथा विज्ञ गेहनाथ गौतम सदस्य छन् ।

केही दिनमा छनौट समितिले ५ उम्मेदवारको प्रारम्भिक सूची तयार गरी बैंक सञ्चालक समितिमा बुझाउने कार्यतालिका छ । त्यस पछि समितिले नै ३ जनालाई छनौट गरि बैंक सञ्चालक समितिमा बुझाउने बताइएको छ । समितिले छनौट गरेका ३ जनाबाट सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत छनौट गर्नेछ ।

नयाँ प्रमुुख कार्यकारी अधिकृत छनौटका लागि बैंकले सार्वजनिक सूचनामार्फत मंसिर ९ देखि २३ गतेसम्म आवेदन माग गरेको थियो ।

कर्मचारी संघ संगठनमा लामो समय विताएका, विभिन्न कालखण्डमा विवादमा परेका तथा व्यवसायिक दक्षता रहेका उम्मेदवारहरुको समिश्रण आवेदकहरुको सूचीमा देखिएको छ । यस्तो अवस्थामा बैकको आगामी दिनको व्यवसायिक यात्रा अब नियुक्त हुने प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा निर्भर रहने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला खुल्ला प्रतिष्पर्धाबाट २०७१ साल मंसिर २८ गते कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पएका सिटौला कृषि विकास बैंकको प्रमुख कार्यकारीको ४ वर्षे कार्यकाल सकिनुभन्दा २ साता पहिलेदेखि नै विदा बसेका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।