नेप्से सूचक पाँच अंक बढीले ओरालो लाग्दा कारोबारमा भने सामान्य सुधार

Jan 02, 2019 Merolagani

बुधबार शेयर बजार परिसूचक नेप्से ५ अंक बढीले ओरालो लाग्दा कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । कारोबारमा आएकामध्ये व्यापार र लघुवित्त समूह बाहेकका सबै समूहका सूचक ओरालो लागेपछि समग्र बजार घटेको हो ।

बुधबार नेप्से ५.४२ अंकले घटेर ११८०.४३ अंकमा झरेको छ । यस दिन १५४ कम्पनीको ७ लाख ५१ हजार ४११ कित्ता शेयर २५ करोड ७६ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । मंगलबार २२ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएका ११ उप समूहको सूचक मध्ये दुई समूहको सूचक मात्र सकारात्मक रहेको छ । लघुवित्त समूहको सूचक ६.५९ अंक र व्यापार समूहको सूचक २.७९ अंकले बढेकोे छ ।

जीवन बीमा समूहको सूचक सबै भन्दा धेरै ६८.३९ अंकले घटेको छ । जलविद्युत १२.६२, उत्पादनमुलक ९.२१, र्निजीवन बीमा ८.४३, होटल ५.७९, अन्य ५.६८, बैंकिङ्ग ४.४४, विकास बैंक ३.१ र वित्त उप समूहको सूचक ०.८६ अंकले नकारात्मक रह्यो ।

आज चिलिमे हाइड्रोपावर कम्पनी शेयर सबैं भन्दा धेरै रकमको कारोबार भएको छ । चिलिमेको ३३ हजार ४०६ कित्ता शेयर दुई करोड २८ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । सबै भन्दा धेरै जनता बैंकको ४९ हजार ९६९ कित्ता शेयर किनबेच भयो ।

बुधबार कालिका लघुवित्तको शेयर मूल्य सबै भन्दा धेरै ९.४२ प्रतिशतले बढेको छ । युनाइटेड इस्योरेन्सको शेयर मूल्य ८.७९ प्रतिशतले वृद्धि भएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेसन र र्निधन उत्थान लघुवित्तको शेयर मूल्य ४.७९ प्रतिशतले बढयो । सुर्योदय लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स, देव विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य तीन प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

यता शेयर मूल्य गुमाउने कम्पनीहरुमा अरुण कावेली र हाथवे फाइनान्सको शेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले संकुचन भएको छ । गोर्खाज फाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, समता माइक्रोफाइनान्स र राधि हाइड्रोपावर डेभलपमेन्टको शेयर मूल्य तीन प्रतिशत भन्दा धेरैले खस्किएको छ । साथै प्रभू इन्स्योरेन्स, सुर्य लाईफ इन्स्योरेन्स कम्पनी, समिट माइक्रोफाइनान्स र सिभिल लघुवित्तको शेयर मूल्य दुई प्रतिशत भन्दा धेरैले घटेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।