सनराइज फर्स्टको इकाई बाँडफाँड, एक करोड ४० लाख इकाई बिकेन

Nov 06, 2019 02:54 PM Merolagani

सनराइज म्युचुअल फण्ड अन्तर्गत निष्काशनमा ल्याएइको सनराइज फर्स्ट म्युचुअल फण्ड (SunriseFirst) को १० करोड इकाई मध्ये एक करोड ४० लाख इकाई अवितरित भएको छ।

सनराइज क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने सनराइज फर्स्टको १० करोड इकाई गत असोज ८ गतेदेखि कात्तिक ७ गतेसम्म बिक्रीमा ल्याएको थियो। सो मध्ये रितपूर्वक आवेदन दिने आवेदकहरुलाई ८ करोड ६० लाख इकाई कात्तिक १९ गते मंगलबार बाँडफाँड गरिएको हो।

सो अवधिमा योजनाले १० रुपैयाँ अंकित दरको १० करोड कित्ता इकाई बिक्रीमा ल्याएकोमा १ करोड ५० लाख इकाई कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित राखेको थियो। कोष प्रवद्र्धकलाई छुट्टाइएको बिज पूँजीको १ करोड ५० लाख इकाई र सर्वसाधारण लगानीकर्तालाई ७ करोड १० लाख इकाई बाँडफाँड गरिएको हो।

क्यापिटलले पहिलो वर्षदेखि नै लगानीकर्तालाई आकर्षक लाभांश वितरण गर्ने बताएपनि सर्वसाधारणमा निष्काशनमा ल्याईएको ८ करोड ५० लाख इकाईमध्ये ८३.५३ प्रतिशत अर्थात ७ करोड १० लाख इकाईमात्र बिक्री भएको हो। सर्वसाधारणमा १६.४७ प्रतिशत अर्थात एक करोड ४० लाख इकाई अवितरित भएको हो।

सनराइज म्युचुअल फण्डले निष्काशनमा ल्याएको सनराइज फर्स्ट उक्त दश वर्षे बन्दमुखी प्रकृतिको योजना हो। योजनाको इकाई बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

कोषको इकाईमा लगानी गर्ने इकाइधनीहरुलाई पहिलो वर्ष १० प्रतिशतसम्म, दोस्रो र तेस्रो वर्षमा १२ प्रतिशत, चौंथो र पाँचौं वर्षमा १४ प्रतिशत, छैटौं र सातौं वर्षमा १६ प्रतिशत र आठौं र नवौं वर्षमा १८ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ। कोषले औसत रुपमा वार्षिक लाभांश १४ प्रतिशतसम्म लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ।

सनराइज फर्स्टको पहिलो वर्ष प्रतिइकाइ खुद सम्पत्ति मूल्य १०.९१ रुपैयाँ र दशौं वर्षसम्ममा २१.२९ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। सनराइज क्यापिटलले फण्डको इकाई निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट भदौ २३ गते अनुमति पाएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।