श्री इन्भेष्ट फाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

Nov 19, 2019 10:55 AM Merolagani

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको १३ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।

फाइनान्स सञ्चालक समितिको असोज १६ गते सम्पन्न बैठकले प्रतिशत २.३५ बोनस र बोनसमा लाग्ने कर सहित १०.६५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो। उक्त लाभांश राष्ट्र बैंकबाट मंसिर २ गते स्वीकृत भएको हो। 

फाइनान्स सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश फाइनान्स कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले २.३५ प्रतिशत बोनस शेयर र १०.६५ प्रतिशत नगद गरि कूल १३ प्रतिशत नै लाभांश वितरण गरेको थियो।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।