मिर्मिरे लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

Nov 28, 2019 11:22 AM Merolagani

मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको ४७ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको छ। 

लघुवित्त सञ्चालक समितिको भदौ ७ गते सम्पन्न बैठकले शेयरधनीलाई चुक्ता पूँजीको ४५ प्रतिशत बोनस तथा बोनस शेयरको कर प्रयोजनका लागि २.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि लाभांश वितरणको लागि राष्ट्र बैंकबाट स्वीकृत पाएको हो।

उक्त लाभांश अब लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीले पाउनेछन्।

अघिल्लो आवको मुनाफाबाट लघुवित्तले शेयरधनीलाई २४ प्रतिशत बोनस १.२६ प्रतिशत नगद लाभांश वितरण गरेको लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट भने झण्डै दोब्बर लाभांश वितरण गर्ने भएको छ।

हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ रहेको छ। ५ करोड ७९ लाख ५३ हजार ८८० रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड ६७ लाख ४० हजार २८० रुपैयाँ पुग्नेछ।

किसान, मिर्मिरे र नागबेली लघुवित्तले राष्ट्रियस्तरको लघुवित्त कम्पनी बन्ने उदेश्यका साथ एक आपसमा मर्जरमा जाने सम्झौता गरेका कारण मिर्मिरे लगायत तीनवटै कम्पनीको नेप्सेमा शेयर कारोबार रोक्का रहेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।