सिर्जना फाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

Dec 25, 2019 11:44 AM Merolagani

सिर्जना फाइनान्स(SFFIL) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको छ।

फाइनान्सको संचालक समितिको बैठकले प्रस्ताव गरेको १५ प्रतिशतले हुन आउने ११ करोड ५ लाख ८७ हजार ६ सय ८० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ५८ लाख २० हजार ४ सय ४ रुपैयाँ बराबरको नगद लाभांश वितरणको लागि स्वीकृत भएको हो।

 

उक्त लाभांश अब फाइनान्सको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्। फाइनान्सले यसअघि बिक्री गरेको ६० प्रतिशत हकप्रद शेयरले समेत उक्त लाभांश पाउनेछन्।

हकप्रद बिक्रीपछि फाइनान्सको चुक्ता पूँजी ७३ करोड ७२ लाख ५१ हजार रुपैयाँ रहेको छ। बोनस वितरणपश्चात भने ८४ करोड ७७ लाख पुग्नेछ ।

comments powered by Disqus