साना किसान लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

Dec 19, 2019 11:55 AM Merolagani

साना किसान विकास लघुवित्त वित्तीय संस्था (SKBBL) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ।

लघुवित्तको सञ्चालक समितिको ३६१ औँ बैठकले प्रस्ताव गरेको २७.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.४३४ प्रतिशत नगद गरि कूल २८.६८४ प्रतिशत लाभांश  पुस २ गते राष्ट्र बैंकबाट स्वीकृत भएको हो।

उक्त लाभांश अब लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ।

 

हाल ७८ करोड ६० लाख ३४ हजार ९१० रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको प्रस्तावित बोनस शेयर अनुमोदन पश्चात एक अर्ब एक करोड २९ लाख ५४ हजार ४४३ रुपैयाँ पूँजी कायम हुनेछ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।