छिमेक लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

Nov 19, 2019 05:30 PM Merolagani

छिमेक लघुवित्त (CBBL) ले गत आर्थिक वर्ष २०७५/०७६ कमाईबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएको छ। लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेको ४४ प्रतिशत लाभांश मंसिर ३ गते मंगलबार राष्ट्र बैंकले स्वीकृत गरेको हो।

लघुवित्तको भदौ २४ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २७.११८६ प्रतिशत बोनस शेयर र १७.२१६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त लाभांश अब लघुवित्तको आगामी साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

हाल १ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ३२ करोड रुपैयाँ बराबरको बोनस वितरण पश्चात पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।