चर्को मोलमोलाइबीच सामान्य अंक बढेर बन्द भयो नेप्से

Feb 21, 2021 03:34 PM Merolagani

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। यस दिन बजारमा खरिदकर्ता र बिक्रीकर्ता बीचको चर्को मोलमोलाइ देखिएको थियो।

यस दिन बिक्रीकर्ता र खरिदकर्ता बीच प्रतिस्पर्धा जस्तै देखिएको थियो। बजार खुलेको आधा घण्टाको अवधिमा बिक्री चाप रहेको बजारमा त्यसपछिको समयमा भने खरिदचाप बढ्न थालेको थियो। खरिदचाप बढेसँगै नेप्सेले सकारात्मक दिशा समाएको हो।

आइतबार नेप्से परिसूचक ३.६६ अंक बढेर २६४०.३४ विन्दुमा बन्द भएको छ। नेप्से बढेपनि यस दिन सेन्सेटिभ इण्डेक्स भने सामान्य घटेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स २.२० अंक घटेर ४७९.५८ विन्दुमा झरेको छ।

यस दिन बजारमा २०७ कम्पनीको ९३ हजार ३९ पटकको कारोबारमा ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार रुपैयाँ बराबरको २ करोड ४३ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९१ कम्पनीको शेयरमूल्य बढेको छ भने १०७ कम्पनीको घटेको छ। बाँकी ९ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

 

सेक्टर परिवर्तन गर्दै लगानीकर्ता

यस दिन बजारमा पछिल्ला कारोबार दिनहरुको तुलनामा केही फरक देखिएको छ। पछिल्ला कारोबार दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुमा झुम्मिएका लगानीकर्ताहरु यस दिन ती सेक्टरहरु छोडी अरु सेक्टरतर्फ लागेका छन्। यस दिन कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ६.४ प्रतिशत बढेको छ। त्यसैगरी, हाइड्रोपावर उपसमूहको ४.२९ प्रतिशत, विकास बैंकको १.०७ प्रतिशत र अन्यको १.८८ प्रतिशत बढेको छ। कारोबारमा आएका लघुवित्त र जीवन बीमा कम्पनीहरुको परिसूचक भने यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

नेपाल बैंकको सर्वाधिक कारोबार

यस दिन कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ६१ करोड ४२ लाख ६२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, गत साता मात्रै दोस्रो बजारमा कारोबार शुरु भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको यस दिन ५३ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

 

६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

यस दिन कारोबारमा आएका ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आइतबार अपर तामाकोशी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर, नेपाल हाइड्रो, चन्द्रागिरी हिल्स र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन कारोबारमा आएका कुनैपनि कम्पनीको शेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढी घटेको छैन।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।