शेयर बजारमा ‘बियर’ हाबी, बैंक तथा वित्तीय संस्थाहरुबाट प्रोफिट बुक गर्दै लगानीकर्ता

Feb 22, 2021 03:46 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेपाली धितोपत्रको दोस्रो बजारमा ‘बियर’ हाबी भएको छ। अर्थात, यस दिन नेप्से परिसूचक घटेको छ।

पछिल्लो ५ कारोबार दिन निरन्तर उकालो लागेमो नेप्से, यस दिन भने घटेको हो। दैनिक बढीरहेको शेयर बजारमा यस दिन घटेको हो। यसलाई लगानीकर्ताहरुले करेक्सनको संज्ञा दिएका छन्।

पछिल्लो ५ कारोबार दिनमा नेप्से १४६.७५ अंक बढेको छ। सो बढाईपछि अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन करेक्सन आएको हो। यसका साथै यस दिनको बजारलाई तरलताको समाचारले पनि प्रभाव पारेको एक विश्लेषक बताउँछन्। बैंकहरुको सीसीडि रेशियो बढी भएको समाचारले यस दिनको बजारलाई केही दबाब दिएको उनको भनाइ छ। यद्यपि, यस दिनको गिरावटलाई तरलताको समाचारका कारण भन्दा पनि प्रोफिट बुकिङ्गका कारण भएको भन्ने विश्लेषण बजारमा भइरहेको उनी बताउँछन्।

सोमबार नेप्से परिसूचक ३२.६७ अंक घटेर २६०७.६७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ९.२२ अंक घटेर ४७०.३६ विन्दुमा झरेको छ।

गत साता लगानीकर्ताहरु बैंक तथा वित्तीय संस्थातर्फ लागेका थिए। जसले गर्दा बैंकिङ्ग इण्डेक्स बढ्न गइ समग्र नेप्से बढ्न टेवा पुगेको थियो। तर, अहिले लगानीकर्ताहरुले सेक्टर परिवर्तन गरेका छन्। अर्थात बैंक तथा वित्तीय संस्थाहरु परिसूचक घट्न थालेको छ। जसले गर्दा समग्र नेप्से घट्न पुगेको एक लगानीकर्ता बताउँछन्। ‘हाम्रो शेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरुको बाहुल्यता छ। गत साता बढेको बैंक तथा वित्तीय संस्थाहरुको प्रोफिट बुक गरेका कारण आज करेक्सन देखिएको हो,’ एक लगानीकर्ता बताउछन्। यद्यपि, बजार बुलिश ट्रेण्डमा रहेकोले आगामी दिनमा बजारले पुनः सकारात्मक दिशा लिने उनको भनाइ छ।

नेप्से घटेपनि कारोबार रकममा भने खासै कमी आएको देखिँदैन। यस दिन नेप्सेमा २०७ कम्पनीको ७८ हजार ८५८ पटकको कारोबारमा ८ अर्ब ४० करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको २ करोड १६ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४३ कम्पनीको मात्र शेयरमूल्य बढेको छ भने १५४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १० कम्पनीको शेयरमूल्य यस दिन स्थिर रहेको छ।

८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

यस दिन नेप्से ओरालो लागेपनि ८ कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आँखुखोला, नेपाल हाइड्रो, अपर लगायतका कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज सर्वाधिक शेयरमूल्य बढेका १० कम्पनीहरुको सूचीमा ७ जलविद्युत कम्पनीहरु रहेका छन् भने सर्वाधिक शेयरमूल्य घटेका कम्पनीहरुको सूचीमा ६ वाणिज्य बैंकहरु रहेका छन्। यस दिन सेञ्चुरी कमर्शियल बैंक, सिभिल बैंक, मेगा बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ।

दुई उपसमूहको परिसूचक मात्र हरियो

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये १० उपसमूहको परिसूचक घटेका छन् भने २ उपसमूहको परिसूचक बढेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.२६ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक १.२९ प्रतिशत बढेको छ। अधिकांश जलविद्युत कम्पनीहरुको शेयरमूल्य बढेसँगै सो उपसमूहको परिसूचक बढेको हो भने अन्य उपसमूहको परिसूचक बढ्न नेपाल इन्फ्रास्ट्रक्चर र चन्द्रागिरीले टेवा दिएको हो।

यस दिन कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.०२ प्रतिशत घटेको छ भने बैंकिङ्गको २.७२ प्रतिशत र विकास बैंकको २.३५ प्रतिशत घटेको छ।

सोमबार कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३८ करोड २४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल इन्फ्रास्ट्रक्चरको ३२ करोड १२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।