प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

Mar 03, 2024 10:52 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २८.६८ अंक घटेर १९७२.०९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५३ अंक बढेर १९७२.६२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १९ स्टकको २ लाख ४० हजार ३३० रुपैयाँ ४० पैसाबराबरको ५४३ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ७ स्टकको मूल्य बढेको छ भने १० स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।