पुण्य गौतम र युवराज सफल पक्राउ

Mar 03, 2024 06:21 PM Merolagani



आफूलाई सामाजिक अभियान्ता बताउने पुण्य गौतम र युवराज सफल पक्राउ परेका छन् । चितवनस्थित शिशु निकेतन विद्यालयकाे हाेस्टलमा मृत भेटिएकी शालीन पोखरेलकाे पोस्ट मार्टम रिपोर्ट परिवारलाई नदिएको भन्दै विरोध गर्न पुगेका गाैतम र सफललाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

आइतबार त्रिवि शिक्षण अस्पताल बाहिर प्रदर्शन गरिरहेकाे अवस्थामा उनीहरूलाई पक्राउ गरिएकाे थियाे । यतिबेला गाैतम र सफललाई महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा राखिएको छ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोस्टमार्टमबाट १४ वर्षिय शालिनकाे बलात्कार भएकाे वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको बताइएकाे थियाे । आइतबार नै चिकित्सकहरुले पोष्टमार्टम जाँचको प्रतिवेदन तयार गरेका थिए । उक्त रिपाेर्टमा शालिनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख गरिएकाे छ।




सुन र चाँदीको मूल्यमा भारि गिरावट

Jan 30, 2026 11:02 AM

माघ १६ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला २० हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ४४० रुपैयाँले घटेको हो । निरन्तर ६ दिनदेखि सुन र चाँदीको मूल्य रेकर्ड बनाउँदै बढेकाे थियो ।