सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, मन्त्रालय बाँडफाँट टुंगो लगाउने

Mar 05, 2024 10:53 AM Merolagani



आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा मन्त्रालय बाँडाफाँट टुंगो लगाउने बारेमा निर्णय गर्ने बताइएको छ । मन्त्रीहरुको बाँडफाँटका लागि एमालेबाट महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ खटिनुभएको छ ।

यसअघि सोमवार बिना विभागीय मन्त्रीको रुपमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्रीको शपथग्रहण गरिसक्नुभएके छ ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।