हकप्रद निष्काशन गर्न बाराही हाइड्रोपावरलाई आयोगको स्वीकृती

Mar 07, 2024 10:09 AM Merolagani



विद्युत नियमन आयोगले बाराही हाइड्रोपावर पब्लिक लिमिटेड (BHPL) लाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ। आयोगले कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। गत पुस २९ गते सम्पन्न कम्पनीको आठौँ वार्षिक साधारण सभाले सो अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।