हकप्रद निष्काशन गर्न बाराही हाइड्रोपावरलाई आयोगको स्वीकृती

Mar 07, 2024 10:09 AM Merolagani



विद्युत नियमन आयोगले बाराही हाइड्रोपावर पब्लिक लिमिटेड (BHPL) लाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ। आयोगले कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। गत पुस २९ गते सम्पन्न कम्पनीको आठौँ वार्षिक साधारण सभाले सो अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।