हाथवे इन्भेष्टमेण्टको ‘लक इन’ अवधि आज समाप्त हुँदै, अन्य ३ कम्पनीको पनि यसै महिना समाप्त हुने

Mar 14, 2024 08:23 AM Merolagani



हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेड (HATHY) को ‘लक इन’ अवधि आज (चैत १ गते) पश्चात समाप्त हुने भएको छ। कम्पनीको ३६ हजार ५१२ कित्ता शेयरको ‘लक इन’ अवधि आजपश्चात समाप्त हुन लागेको हो।

त्यसैगरी, यसै महिनामा अन्य ३ कम्पनीहरुको पनि ‘लक इन’ अवधि सकिँदैछ। यस महिनामा सिंगटी हाइड्रो इनर्जी, सूर्यज्योति लाइफ इन्स्योरेन्स र सोनापुर मिनरल्स एण्ड आयलको ‘लक इन’ अवधि सकिने भएको हो।

सूर्यज्योति लाइफ इन्स्योरेन्स (SJLIC) को ‘लक इन’ अविध चैत २० गते सकिँदैछ। कम्पनीको कुल १ करोड ४२ लाख ६६ हजार ३२३.५० कित्ता शेयर ‘लक इन’ मा छ। जसमध्ये १ करोड १ लाख ७५ हजार ९७९ कित्ता संस्थापक समूहको शेयर रहेको छ भने ३७ लाख ९१ हजार ५१ कित्ता शेयर संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको शेयर रहेको छ। बाँकी २ लाख ९९ हजार २९३.५० कित्ता भने कर्मचारीहरुका लागि सुरक्षित गरिएको शेयर रहेको छ।

त्यस्तै, सोनापुर मिनरल्स (SONA) ले सामूहिक लगानी कोषहरुका लागि छुट्याएको शेयरको ‘लक इन’ अवधि चैत २३ गतेपश्चात सकिनेछ। कम्पनीले सामूहिक लगानी कोषहरुसँग कम्पनीको ४ लाख २ हजार १९ कित्ता साधारण शेयर छ।

सिंगटी हाइड्रो (SHEL) को ‘लक इन’ अवधि चैत २६ गतेपश्चात सकिने भएको छ। कम्पनीको १ करोड १ लाख ५० हजार कित्ता संस्थापक शेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको १४ लाख ५० हजार कित्ता र कम्पनीका कर्मचारीहरुको ५८ हजार कित्ता शेयर ‘लक इन’ मा छ।

‘लक इन’ अवधि समाप्त भएपश्चात यी कम्पनीहरुको सो शेयर दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।