साहस उर्जाको लक ईन अवधि असोज १६ गते समाप्त हुने

Aug 30, 2024 10:32 AM Merolagani



साहस उर्जा लिमिटेड (SAHAS) को लक ईन अवधि यही असोज १६ गते समाप्त हुने भएको छ। कम्पनीको लक ईनमा रहेको संस्थापक समूहको शेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको शेयर र कर्मचारीहरुलाई सुरक्षित गरिएको शेयरको लक ईन अवधि समाप्त हुन लागेको हो।

कम्पनीले संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा कम्पनीका कर्मचारीहरुको शेयर सर्वसाधारणलाई २०७८ असोज १७ गते बाँडफाँट गरेको थियो। कम्पनीको २ करोड ४५ लाख कित्ता संस्थापक शेयर, ३५ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको शेयर र २ लाख १० हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको शेयर लक ईनमा रहेको छ। असोज १६ गतेपश्चात सो शेयरहरुको कारोबार गर्न सकिनेछ।

कम्पनीको शेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।