साहस उर्जाको लक ईन अवधि असोज १६ गते समाप्त हुने

Aug 30, 2024 10:32 AM Merolagani



साहस उर्जा लिमिटेड (SAHAS) को लक ईन अवधि यही असोज १६ गते समाप्त हुने भएको छ। कम्पनीको लक ईनमा रहेको संस्थापक समूहको शेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको शेयर र कर्मचारीहरुलाई सुरक्षित गरिएको शेयरको लक ईन अवधि समाप्त हुन लागेको हो।

कम्पनीले संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा कम्पनीका कर्मचारीहरुको शेयर सर्वसाधारणलाई २०७८ असोज १७ गते बाँडफाँट गरेको थियो। कम्पनीको २ करोड ४५ लाख कित्ता संस्थापक शेयर, ३५ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको शेयर र २ लाख १० हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको शेयर लक ईनमा रहेको छ। असोज १६ गतेपश्चात सो शेयरहरुको कारोबार गर्न सकिनेछ।

कम्पनीको शेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।