सर्वोत्तम सिमेन्टको लक इन अवधि भदौ २५ गतेदेखि समाप्त हुँदै

Aug 08, 2024 09:53 AM Merolagani



सर्वोत्तम सिमेन्ट लिमिटेड (SARBTM) को लक इन अवधि भदौ २५ गतेदेखि समाप्त हुने भएको छ। कम्पनीले संस्थागत लगानीकर्ता तथा सामूहिक लगानी कोषहरुको लागि छुट्याएको साधारण शेयरको लक इन अवधि सो दिन समाप्त हुने भएको हो।

कम्पनीले जारी पूँजीको ४ अर्ब ६५ करोडमध्ये १२.९०३३ प्रतिशतले हुन आउने कुल ६० लाख कित्ता साधारण शेयरमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताहरुलाई बाँडफाँट गरेको थियो।

त्यस्तै, सर्वसाधारणका लागि निष्काशन गर्न छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार २२७ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरेको थियो। सोही २४ लाख ५४ हजार २२७ कित्ता शेयरको लक इन अवधि भदौ २५ गते सकिन लागेको हो।

योग्य संस्थागत लगानीकर्ताहरुमा बिक्री गरिएको शेयरको कट अफ मूल्य ४०१ रुपैयाँ निर्धारण भएको थियो भने सामूहिक लगानी कोषहरुले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा आवेदन दिएका थिए।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।