सर्वोत्तम सिमेन्टको लक इन अवधि भदौ २५ गतेदेखि समाप्त हुँदै

Aug 08, 2024 09:53 AM Merolagani



सर्वोत्तम सिमेन्ट लिमिटेड (SARBTM) को लक इन अवधि भदौ २५ गतेदेखि समाप्त हुने भएको छ। कम्पनीले संस्थागत लगानीकर्ता तथा सामूहिक लगानी कोषहरुको लागि छुट्याएको साधारण शेयरको लक इन अवधि सो दिन समाप्त हुने भएको हो।

कम्पनीले जारी पूँजीको ४ अर्ब ६५ करोडमध्ये १२.९०३३ प्रतिशतले हुन आउने कुल ६० लाख कित्ता साधारण शेयरमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताहरुलाई बाँडफाँट गरेको थियो।

त्यस्तै, सर्वसाधारणका लागि निष्काशन गर्न छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार २२७ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरेको थियो। सोही २४ लाख ५४ हजार २२७ कित्ता शेयरको लक इन अवधि भदौ २५ गते सकिन लागेको हो।

योग्य संस्थागत लगानीकर्ताहरुमा बिक्री गरिएको शेयरको कट अफ मूल्य ४०१ रुपैयाँ निर्धारण भएको थियो भने सामूहिक लगानी कोषहरुले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा आवेदन दिएका थिए।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।