नारायण मूर्तिले दिए ४ महिनाका नातिलाई कम्पनीकाे १५ लाख कित्ता शेयर उपहार

Mar 19, 2024 06:22 AM Merolagani



भारतीय कम्पनी इन्फोसिसका सह-संस्थापक नारायण मूर्तिले आफ्नो ४ महिनाका नाति एकग्रा रोहन मूर्तिलाई २४० करोड भारतीय रुपैयाँको शेयर उपहार दिएका छन् । मूर्तिले आफ्नो नातिलाई कम्पनीको १५ लाख कित्ता शेयर दिएका हुन् । याे ०.०४ प्रतिशत शेयर बराबर हो।

शेयर उपहार दिएपछि इन्फोसिसमा नारायण मूर्तिको शेयर अब ०.४० प्रतिशतबाट ०.३६ प्रतिशतमा झरेको छ। कम्पनीले आफ्नो एक्सचेन्ज फाइलिङमा यो जानकारी दिएको हो ।

करिब चार महिनाअघि नोभेम्बर १० मा नारायण मूर्तिका छोरा रोहन मूर्ति र बुहारी अपर्णा कृष्णन आमाबुवा बनेका थिए । त्यसपछि संस्कृत शब्द अभंग ध्यानबाट प्रेरित नारायण मूर्तिले आफ्नो नातिको नाम एकग्रा राखे।

नारायण मूर्ति र सुधा मूर्तिका २ नातिनी कृष्णा सुनक र अनुष्का सुनक पनि छन् । यी २ छाेरीहरू ऋृषि सुनक र अक्षता मूर्ति हुन् ।

उनका छाेरा राेहन मूर्ति एक सफ्टवेयर कम्पनीका मालिक हुन् । साे कक्पनीले डाटा प्राेसेसिङकाे काम गर्दछ । ४० वर्षिय राेहनले हार्भर्ड यूनिभर्षिटीबाट पीएचडी गरेका छन् ।

इन्फोसिस १९८१ मा स्थापित भएको थियो

नारायण मूर्तिले सन् १९८१ मा भारतको दोस्रो ठूलो टेक फर्म इन्फोसिसको स्थापना गरेका थिए। त्याे समयदेखि २००२ सम्म उनी कम्पनीको सीईओ थिए। त्यसपछि, उनी सन् २००२ देखि २००६ सम्म बोर्डको अध्यक्ष बनेका थिए ।

१९८१काे अगस्टमा, मूर्ति अध्यक्ष इमेरिटसको उपाधिका साथ कम्पनीबाट सेवानिवृत्त भएका थिए। तर, उनी फेरि २०१३ मा कम्पनीमा कार्यकारी अध्यक्षका रूपमा प्रवेश गरे । साे अवधिमा उनका छोरा रोहन मूर्ति कार्यकारी सहायकको रूपमा कार्यरत थिए।

उनले यसअघि आफ्नो परिवारका सदष्यलाई व्यवसायबाट टाढा राखेका थिए । व्यवसायी जगतमा परिवारलाई समावेश गर्नुकाे अर्थ व्यवसायका विभिन्न नियमहरूकाे उल्लंघन हुने उनकाे मान्यता थियाे । जुन निर्णय गलत भएकाे मूर्तिले पछि महसुस गरेकाे बताएका थिए ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।