बीवाईडी एसयूभी ‘युवान अप’ को बिक्री सुरु, नेपालमा कहिले आउँला ?

Mar 30, 2024 10:29 AM Merolagani



चिनियाँ बजारमा बिवाईडीले नयाँ एसयूभी सार्वजनिक गरेको छ । बीवाइडीले आफ्नो इलेक्ट्रिक एसयूभी लाइनअपमा सबैभन्दा कम मूल्यको मोडल ‘युवान अप’ को बिक्री सुरु गरेसँगै नेपाल पनि आउने चर्चा भएको छ ।

सुरुवाती मूल्य १३ हजार ४०० डलर कायम गरेर बिक्री सुरु यो गाडीको लुक्स निकै आकर्षक छ । बिवाईडी अपलाई विभिन्न तीन भेरियन्टमा ल्याएको छ । जसमा लङ रेन्ज मोडल भने १५ हजार २०० डलर र १६ हजार ६०० अमेरिकी डलर मूल्य तोकेर बिक्री सुरु भएको छ ।

यो गाडी चर्चित मोडल एटो–३ भन्दा सानो साइजमा आएको छ । ३२ किलोवाट आवर र ४५.१ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा आएको यो गाडीले ३०१ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

 

त्यसैगरी ४५.१ किलोवाट आवरको ब्याट्रीले ४०१ किलोमिटर रेन्ज दिने बिवाइडीको दाबी छ ।
अपमा ७० किलोवाट र ठूलोमा १३० किलोवाटको इलेक्ट्रीक मोटर पाउन सकिन्छ । टप स्पीड क्षमता भने १६० किलोमिटर प्रतिघण्टा रहेको यो गाडी नेपाली बजारमा पनि केहि महिना भित्रै आउने जनाइएको छ ।

नेपाली बजारमा पछिल्लो समय बिवाईडीका मोडल लोकप्रिय छन् । नेपालका लागि बिवाईडी गाडीको आधिकारीक वितरक रहेको साइमेक्स इंकले अप एसयूभीलाई पनि नेपालमा छिट्टै ल्याउने जनाएको छ ।

नेपालमा पछिल्लो समय आएका बिवाईडी एटो थ्रि र डल्फिन नेपाली इभी बजारमा सर्वाधिक बिक्री भइरहेका गाडी हुन । बिवाईडी नेपालले सिगल इभी पनि ल्याउने तयारी गरिरहेको छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।