लगानी बोर्डको सहकार्यमा चीनका विभिन्न ठाउँमा लगानी सम्मेलनकाे प्रि इभेन्ट सम्बन्धी पाँच वटा छुट्टाछुट्टै सेमिनार आयोजना

Apr 01, 2024 05:05 PM Merolagani

लगानी बोर्डको सहकार्यमा चीनका विभिन्न ठाउँमा लगानी सम्मेलनकाे प्रि इभेन्ट सम्बन्धी पाँच वटा छुट्टाछुट्टै सेमिनार भएको छ । लगानी बोर्डसँगको सहकार्यमा नेपाली राजदूताबास, बेइजिङ तथा हङकङ्ग, छेड्दू र ग्वान्जाओ स्थित महावाणिज्य दूतावासले मार्च २३ देखि २९ सम्म चीनको विभिन्न शहरमा आयोजना गरेको हो ।

आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुन लागेकाे छ । साेहि सम्मेलनलाई दृष्टिगत गरी चिनियाँ सरकारी निकायहरु, चिनियाँ लगानीकर्ता र च्याम्बरका प्रतिनिधिहरु तथा गैरआवासीय नेपाली लगायतलाई लक्षित गरी गरिएकाे उक्त कार्यक्रमहरुमा आगामी लगानी सम्मेलनको उद्देश्य र लगानीको वातावरण निर्माणका लागि भएको नीतिगत एवं कानुनी सुधारका प्रयासहरु, लगानीका अवसर र सम्भाव्य परियोजनाहरूको बारेमा जानकारी दिइएको थियो ।

मार्च २३ मा हङकङस्थित महावाणिज्यदूतावासद्वारा आयोजित कार्यक्रममा महावाणिज्यदूत उदयराना मगरले नेपालमा वैदेशिक लगानी विषयक प्रस्तुतीकरण दिएका थिए भने लगानी बोर्डको कार्यालयका सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले नेपालमा रहेका लगानीका अवसर र आगामी लगानी सम्मेलनको विषय समेटिएको प्रस्तुत गरेका थिए । १०० भन्दा बढी सहभागीहरु रहेको उक्त कार्यक्रममा हङकङ र मकाउका स्थानीय व्यवसायीहरु, च्याम्बरका प्रतिनिधिहरु तथा गैर आवासीय नेपालीहरुको सहभागीता रहेको थियो।

त्यसैगरी, मार्च २५ मा छेड्दुस्थित महावाणिज्यदूतावासको आयोजनामा संचालित कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा रहेको लगानीको वातावरण र लगानीको अवसर, सार्वजनिक निजी साझेदारीका परियोजना र ठूला लगानीको सहजीकरण गर्न स्थापित लगानी बोर्डको संस्थागत विकासका लागि भएका प्रयास र परियोजना विकास र व्यवस्थापनका क्षेत्रमा लगानी बोर्डले चालेका कदमहरुको बारेमा जानकारी दिएका थिए । आगामी महिना आयोजना हुने तेस्रो लगानी सम्मेलनमा सहभागिताका लागि अनुरोध गरे ।

यस्तै, बेइजिङस्थित नेपाली दूतावासले मार्च २६ मा आयोजना गरेको प्रि–इभेन्ट सेमिनारलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको चर्चा गर्दै नेपालमा रहेका तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरुमा लगानी गर्न आह्वान गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले आगामी महिना आयोजना हुने लगानी सम्मेलन नेपालमा रहेको लगानीको वातावरण र अवसरहरुको विषयमा जानकारी लिने उपयुक्त अवसर भएकोले सहभागिताका लागि उपस्थित सहभागीलाई अनुरोध गरेका थिए । सोहि कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले चिनियाँ लगानीकर्तालाई आगामी लगानी सम्मेलनमा सहभागी भई नेपालमा लगानीका लागि आह्वान गरेको भिडियो सन्देश प्रस्तुत गरिएको थियो।

लगानी बाेर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीकाे वातावरण सम्बन्धमा संक्षिप्त सिंहावलाेकन प्रस्तुत गर्दै लगानीका आकर्षक क्षेत्रहरू स्वच्छ र नवीकरणीय उर्जाका साथै भाैतिक पुर्वाधार, पर्यटन, सूचना प्रविधि, कृषि प्रशाेधन, उत्थानशील सहरी पुर्वाधार, खानी तथा खनिज परियाेजनाहरूमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरूलाई आह्वान गरे ।

यसैगरी, चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले नेपाल चिनियाँ लगानीकर्ताको रोजाइको गन्तव्य भएकाले लगानी सम्मेलनमा चीनबाट उल्लेख्य सहभागीता र लगानी प्रतिवद्धता पनि प्राप्त हुने विश्वास गरे ।

त्यस्तै, चाइना चेम्बर अफ इन्टरनेसनल कमर्स(CCOIC)का उप–महासचिव सु लियाङले नेपालले आर्थिक वृद्धि र समृद्धिको आकांक्षासहित विदेशी लगानी आकर्षित गर्न गरिरहेको कार्यको प्रशंसा गर्दै चिनियाँ लगानीले उक्त आकांक्षा पूरा गर्न मद्दत गर्ने बताए ।

यसैगरी, दूतावाससँगकै सहकार्यमा मार्च २८ मा चीनको जेनजियाङ राज्यको यिवुमा आयोजना गरिएको अर्को कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले नेपाललाई उत्कृष्ट लगानी गन्तव्यको रुपमा परिचित गराउने उद्देश्यले आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलनका मुख्य आकर्षणहरु, साइड इभेन्ट र जीटुजी, जीटुबी, बीटुबीको सम्भावनाको विषयमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा लगानी बाेर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले नेपाललाई उत्कृष्ट लगानी गनतव्यकाे रूपमा परिचित गराउने उद्धेश्यले आयाेजना गर्न लागिएकाे तेस्राे लगानी सम्मेलनका मुख्य आकर्षणहरू, साइड इभेन्ट र जी टु जी, जी टु बी र बी टु बीका बारेमा जानकारी गराएका थिए ।

यस्तै,यिवु सीपीपीसीसीका उपाध्यक्ष लाओ सियाजुङले यिवुको विकासबाट नेपालले समेत शिक्षा लिन सक्ने विषय जानकारी गराउँदै चिनियाँ लगानीकर्तालाई नेपालमा रहेका लगानीका अवसरको खोजी गरी लगानी गर्न प्रेरित गरेका थिए ।

सो अवसरमा ब्यूरो अफ कमर्सका डेपुटी डाइरेक्टर जु जियान्ताङले यिवुको आयात निर्यात र विश्व व्यापारमा यिवुको उपस्थितिको बारेमा संक्षिप्त जानकारी दिएका थिए भने अर्का एक अधिकारीले नेपालमा लगानी गर्दाको अनुभव सुनाएका थिए । कार्यक्रममा यिवु मुनिसिपल पिपुल्स गभर्मेन्ट, यिवुका व्यवसायीहरू, नेपाली समुदायका प्रतिनिधि, नेपाली दूतावासका अधिकारी तथा सञ्चारमाध्यम लगायत १ सय भन्दा बढीको सहभागिता थियो ।

त्यसैगरी, मार्च २९ मा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चाइना काउन्सिल (सीसीपीआईटी)को सहकार्यमा ग्वान्जाओस्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको नेपाललाई लगानीको गन्तव्य बनाउने विषयक कार्यक्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा लगानी सम्मेलन सचिवालयका सदस्य नमराज घिमिरेले नेपालमा विदेशी लगानीका सम्भावित क्षेत्र तथा परियोजनाका विषय र नेपालको समग्र लगानी वातावरणका विषय समेटेर सम्बोधन गरेका थिए।

त्यस्तै, कार्यक्रममा सीसीपीआईटफका उपाध्यक्ष सुइ शुआङले चिनियाँ व्यवसायीहरु नेपालमा लगानी गर्न उत्साहित रहेको र लगानी सम्मेलनमा विभिन्न क्षेत्रका व्यवसायीहरुको सहभागिता रहने जानकारी गराइन् । उक्त कार्यक्रममा सहसचिव घिमिरेले नेपालमा लगानीका सन्दर्भमा चिनियाँ व्यवसायीहरूका जिज्ञासा तथा प्रश्नहरूलाई समेत सम्बाेधन गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रका चिनियाँ अग्रणी उद्यमी व्यवसायीहरु तथा गैरआवाशीय नेपाली व्यवसायीहरुको समेत सहभागिता रहेको थियो ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।