Sat, Mar 28, 2026
माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । प्रहरीले माओवादी लडाकु पूर्व कमाण्डर खामलाई व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोपमा नियन्त्रणमा लिएकाे हाे । उनलाई काठमाडाैंकाे ठमेलबाट पक्राउ गरिएको हो ।
खाम काेटेश्वर निवासी श्रेष्ठकाे हत्याकाे अभियाेगमा १५ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका थिए । माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य खामलाई साे हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ ।
फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।