अपहरणपछि हत्याको आरोप लागेका माओवादी नेता कालीबहादुर खाम पक्राउ

Apr 02, 2024 04:08 PM Merolagani



माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । प्रहरीले माओवादी लडाकु पूर्व कमाण्डर खामलाई व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोपमा नियन्त्रणमा लिएकाे हाे । उनलाई काठमाडाैंकाे ठमेलबाट पक्राउ गरिएको हो ।

खाम काेटेश्वर निवासी श्रेष्ठकाे हत्याकाे अभियाेगमा १५ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका थिए । माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य खामलाई साे हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ ।

 




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।