बिल गेट्सलाई चिया पिलाएपछि डली चायवालाले चढे ल्याम्बोर्गिनी, अभिनेत्रीले गरिन् प्रशंसा

Apr 07, 2024 06:55 PM Merolagani



चिया बनाउने अनौठो तरिकाका कारण चर्चित डली चायवालाको भाग्य फेरिएको छ । विश्वकै धनाढ्य बिल गेट्सले उनले बनाएकाे चिया पिएकाे भिडियाे सामाजिक संजालमा भाइरल भएयता झन् डलीकाे जिन्दगीकाे रंग ढंगान नै पुरै परिवर्तन देखिएकाे छ । 

नागपुरमा एक ठेलामा चिया बेच्ने डलीको चिया बनाउने तरिकाले मानिसहरूलाई लाेभ्याउने गर्छ । उनी रजनीकान्त स्टाइलमा चिया पकाउने र पस्किने शैलीले नै ग्राहक तान्ने गर्छन् । डली चायवालासँग भिडियो बनाउन टाढा टाढाबाट फूड भ्लगरहरू आउँछन्।

हालै सामाजिक सञ्जालमा डोली चायवालाको फेरि अर्काे भिडियो भाइरल भइरहेको छ । जसमा डली चायवालाले एक पुरुषसँग लेम्बोर्गिनी कार चलाइरहेको देख्न सकिन्छ । 

डली चायवालाको उक्त भिडियोमा डली एक पुरुषसँग ल्याम्बोर्गिनी कारमा चढेर स्व्याग पारामा सडकमा कुदाइरहेको देख्न सकिन्छ । भिडियोलाई dolly_ki_tapri_nagpur instagram नामक इन्स्टाग्राम ह्यान्डलमा शेयर गरिएको छ ।

 
 
 
View this post on Instagram
 
 
 

A post shared by D🫖LLY (@dolly_ki_tapri_nagpur)

लेम्बोर्गिनी कार चलाएको यो भिडियोलाई डलीका फ्यानहरूले निकै मन पराएका छन् । साेही कारणले यो भिडियोलाई मानिसहरुले धेरै लाईक र शेयर गरिरहेका छन् । यद्यपी यो ल्याम्बोर्गिनी कार डली चायवालाको हो वा होइन भन्ने अहिलेसम्म पुष्टि भएको छैन ।

उक्त कार चढेकाे केहि दिनमा नै डलीले भारतीय अभिनेत्रीलाई पनि चिया पिलाए । अभिनेत्री निम्रत काैरले उनकै ठेलामा पुगेर चिया पिइन् । उनले डलीले बनाएकाे चियाकाे प्रशंषा समेत गरिन् । उनले कहिले नाेटकाे गड्डी लिएर पनि भिडियाे हाल्ने गर्छन् ।

डली चायवालाको स्टाइल

विश्वका सातौं धनी व्यक्ति बिल गेट्सलाई चिया पिलाएपछि डली चायवाला निकै चर्चित भए । यसबाहेक डली भाइरल हुनुकाे कारण उनकाे हेयरस्टाइल र लुगा लगाउने तरिका पनि रहेकाे छ ।

चम्किलो शर्ट, चस्मा र रंगीन शैलीले डली चायवालालाई पृथक बनाउँछ। डली रजनीकान्त स्टाइलमा चिया दिन्छन्।

डली चायवालाको ल्याम्बोर्गिनी कारको यो भिडियोमाथि मानिसहरूले हास्यास्पद प्रतिक्रिया दिइरहेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, ‘अहिले मेरो शिक्षामाथि विश्वास गुमेको छ ।' अर्का प्रयोगकर्ताले लेखेका छन्, 'के डली भाइले ल्याम्बोर्गिनी लिनुभएको हाे ?'




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।