फागुनमा बैंकहरुको नाफा १९ प्रतिशतले बढ्यो, कुन बैंकको कति?

Apr 10, 2024 02:14 PM Merolagani



फागुनमा वाणिज्य बैंकहरुको नाफा १९ प्रतिशतले बढेको छ। गत फागुन महिनामा मात्रै बैंकहरुले ६ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएका छन्।

माघसम्ममा ३५ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएका बैंकहरुले फागुनसम्ममा ४२ अर्ब ३० करोड रुपैयाँ कमाएका छन्। जुन माघको तुलनामा १९.२० प्रतिशतले धेरै हो।

  • नबिल बैंकले कमायो सबैभन्दा धेरै, एसबिआई अन्तिममा

फागुनसम्ममा नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको छ। माघसम्ममा ३ अर्ब ९८ करोड रुपैयाँ नाफा कमाएकोमा फागुनमा साढे १८ प्रतिशतले नाफा बढाएको हो।

यस्तै ग्लोबल आइएमई बैंकले ३ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएको छ भने प्राइम बैंकले २ अर्ब ८८ करोड, राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ८७ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ अर्ब ८० करोड, एनआइसी एशिया बैंकले २ अर्ब ५४ करोड, एभरेष्ट बैंकको २ अर्ब २९ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ।

(रकम दश लाखमा)

 

यता नेपाल एसविआई बैंकको नाफा सबैभन्दा कम १ अर्ब रुपैयाँ छ भने माछापुच्छ्र्रे बैंकको १ अर्ब १६ करोड र सिटिजन्स बैंकको १ अर्ब २२ करोड रुपैयाँ रहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।