प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक स्थिर

Apr 14, 2024 10:52 AM Merolagani



साताको पहिलो प्रि ओपन सेसनमा नेप्से परिसूचक स्थिर रहेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बुधबार १०.७१ अंक घटेर २०२५.३० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा स्थिर रहि २०२५.७० विन्दुमा नै रहेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा ३१ स्टकको १८ लाख ९१ हजार ६४१ रुपैयाँ ७० पैसाबराबरको ५ हजार ५३८ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।