नेप्सेको फ्लोरसिटमा गम्भीर समस्या, खरिद गर्ने र बिक्री गर्ने ब्रोकरको तथ्याँक सबै उल्टो

Apr 14, 2024 05:59 PM Merolagani



नेपाल स्टक एक्सचेञ्जको फ्लोरसिटमा गम्भीर समस्या देखिएको छ। आइतबारको कारोबारमा खरिद गर्ने र बिक्री गर्ने ब्रोकरको तथ्याँक नै गलत देखिएको छ।

आइतबारको कारोबारमा सबै कम्पनीको खरिद गर्ने र बिक्री गर्ने ब्रोकरको तथ्याँक उल्टो देखिएको हो। खरिद गरिएको शेयर बिक्री गरेको देखिएको छ भने बिक्री गरेको शेयर खरिद गरेको देखिएको छ।

उदाहारणको लागि आइतबार रावा इनजीको २२० कित्ता शेयर ब्रोरक नम्बर ६२ बाट बिक्री गरिएको थियो। तर सोहि कन्ट्रयाक नम्बर भएको कारोबार नेप्सेको फ्लोरसिटमा भने खरिद गरेको देखिएको छ। यो मात्रै होइन सबै कारोबारमा खरिद गर्ने र बिक्री गर्ने ब्रोकर उल्टो देखिएको छ।

  • हेर्नुहाेस टिएमएसबाट गरिएकाे काराेबारकाे विवरण

 

  • हेर्नुहाेस साेही काराेबारकाे नेप्सेकाे फ्लाेरसिटमा देखिएकाे विवरण

यसले सामान्य लगानीकर्तामा भने खरिद गर्ने र बिक्री गर्ने ब्रोकरको गलत तथ्याँक जाने भएको छ। अहिले कतिपय लगानीकर्ता फ्लोरसिट विश्लेषण गरेर समेत बजारमा कारोबार गर्ने गरेकोमा त्यस्ता लगानीकर्तालाई भने यसले भ्रम सिर्जना गर्ने भएको छ।

यसले नेप्सेको आधिकारिक तथ्याँकमा नै प्रश्न उब्जाएको छ।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।