इरानले इजरायल माथि आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति बाइडेनको प्रतिक्रिया ‘इजरायलको सुरक्षामा प्रतिवद्ध छौं’

Apr 16, 2024 11:28 AM Merolagani



अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको सुरक्षाप्रति आफ्नो देशको प्रतिवद्धता दोहोर्याएका छन् । ह्वाइट हाउसको ओभल अफिसमा इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुडानीसँगको भेटमा बाइडेनले यस्तो बताएका हुन ।

उनले द्वन्द्वलाई थप फैलिन नदिने आवश्यकतालाई जोड दिए। उनले युद्धविरामका लागि प्रतिवद्ध रहेको पनि बताए ।

 इरानले शनिवार इजरायलको बिरूद्ध ठूलो आक्रमण गरेपछि बाइडेनको पहिलो सार्वजनिक टिप्पणी हो । बाइडेन प्रशासनले इरानी आक्रमण र सम्भावित इजरायली सैन्य प्रतिक्रियाले अन्यथा निम्त्याउने फराकिलो क्षेत्रीय युद्धलाई रोक्न कोशिस गरिरहेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।