१७ औं शताब्दीको उक्त भवनमा भीषण आगलागी भएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यो भवन स्टक एक्सचेन्जकासाथै प्रसिद्ध पर्यटक केन्द्र पनि रहेको बताइएको छ ।
डेनमार्कका संस्कृति मन्त्री ज्याकोब एङ्गेल-स्मिटले डेनमार्कको ४०० वर्षको सांस्कृतिक सम्पदा आगोमा जलेको बताए। यद्धपि हालसम्म आगाे लाग्नुकाे कारण खुल्न सकेकाे छैन । आगोले भवनको धेरैजसो भागलाई नराम्ररी क्षति पुर्याएको अनुमान गरिएको छ।
साे भवन भित्रका सबैजना बाहिर निस्कन सफल भएकाे बीबीसीले जनाएकाे छ ।