प्रतिकुल माैसमका कारण यूएइका सरकारी कर्मचारीहरूले घरबाटै काम गर्न पाउने

Apr 16, 2024 06:45 PM Merolagani



प्रतिकुल माैसमका कारण यूएइमा सरकारी कर्मचारीहरूले घरबाटै काम गर्न पाउने भएका छन्। अजमानका राजकुमार र कार्यकारी परिषद्का अध्यक्ष शेख अम्मार बिन हुमैद अल नुइमीले मंगलबार मौसम खराब भएकाे भन्दै सरकारी कर्मचारीहरूलाई घरबाटै काम गर्न निर्देशन दिएका हुन्।

यस निर्णयमा अजमानको एमिरेटका सबै सरकारी विभागका कर्मचारीहरू पर्दछन्। यद्धपि यो निर्णय कार्यस्थलमा हाजिरी हुनु पर्ने केहि कर्मचारीको हकमा भने लागु हुनेछैन ।

यसैगरी, निजी क्षेत्रका कर्मचारीहरूलाई पनि आवश्यक सावधानी अपनाउन भनिएको छ। देशभरको मौसममा अस्थिरता बढेसँगै कर्मचारीलाई घरभित्रै बस्न निर्देशन दिइएको हाे । 

यतिबेला यूएइकाे केहि स्थानमा वर्षा भइरहेकाे छ । यस्तै, कतै अत्याधिक गर्मीका साथै धेरै क्षेत्रहरूमा केही स्थानहरूमा ठुलाे हावाहुरी पनिआइरहेकाे छ ।




तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 28, 2026 08:58 AM

असोज १२ गते, सोमबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE), सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।