प्रतिकुल माैसमका कारण यूएइका सरकारी कर्मचारीहरूले घरबाटै काम गर्न पाउने

Apr 16, 2024 06:45 PM Merolagani



प्रतिकुल माैसमका कारण यूएइमा सरकारी कर्मचारीहरूले घरबाटै काम गर्न पाउने भएका छन्। अजमानका राजकुमार र कार्यकारी परिषद्का अध्यक्ष शेख अम्मार बिन हुमैद अल नुइमीले मंगलबार मौसम खराब भएकाे भन्दै सरकारी कर्मचारीहरूलाई घरबाटै काम गर्न निर्देशन दिएका हुन्।

यस निर्णयमा अजमानको एमिरेटका सबै सरकारी विभागका कर्मचारीहरू पर्दछन्। यद्धपि यो निर्णय कार्यस्थलमा हाजिरी हुनु पर्ने केहि कर्मचारीको हकमा भने लागु हुनेछैन ।

यसैगरी, निजी क्षेत्रका कर्मचारीहरूलाई पनि आवश्यक सावधानी अपनाउन भनिएको छ। देशभरको मौसममा अस्थिरता बढेसँगै कर्मचारीलाई घरभित्रै बस्न निर्देशन दिइएको हाे । 

यतिबेला यूएइकाे केहि स्थानमा वर्षा भइरहेकाे छ । यस्तै, कतै अत्याधिक गर्मीका साथै धेरै क्षेत्रहरूमा केही स्थानहरूमा ठुलाे हावाहुरी पनिआइरहेकाे छ ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।