नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँ खरिदबिक्री भएको छ। बिहीबारको बजारमा सुन प्रतितोला दुई लाख ९९ हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो। पछिल्ला दिन सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भएको छ।
त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला चार हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
