चाँदीको मूल्य बढ्यो, सुन कतिमा हुदैछ कारोबार ?

Sep 21, 2026 11:24 AM Merolagani



असोज ५ गते, सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। यसदिन सुन प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला तीन लाख तीन हजार ९०० रुपैयाँ खरिदबिक्री भएको छ। आइतबारको बजारमा सुन प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँ खरिदबिक्री भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतवारको बजारमा चाँदी प्रतितोला चार हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।