नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँ खरिदबिक्री भएको छ। मंगलबारको बजारमा सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ खरिदबिक्री भएको थियो।
त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।
