नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ खरिदबिक्री भएको छ। सोमबारको बजारमा सुन प्रतितोला तीन लाख तीन हजार ९०० रुपैयाँ खरिदबिक्री भएको थियो।
त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमवारको बजारमा चाँदी प्रतितोला चार हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।
