दुबईमा आँधी, हुरी र बाढी, कृत्रिम बर्षा कि जलवायु परिवर्तन ? बिश्वकै बैज्ञानिकका थरिथरि तर्क

Apr 18, 2024 06:20 PM Merolagani

यो साता संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा आएको आँधीले रेकर्ड वर्षा ल्याएको छ । जसका कारण पुरै सहर डुबानमा परेको छ । यसैगरी,घरहरु डुबानमा परेका छन् र यातायात ठप्प भएको छ भने मानिसहरु घरभित्रै फसेका छन् ।

यति मात्र होइन, दुबईबाट आवतजावत गर्ने कैयाैं उडान रद्द भएका छन् । यस्तै, दुबईकाे बाढीमा परेर एक जनाको मृत्यु भएको छ भने ओमानमा कम्तीमा २० जनाको ज्यान गएको छ । मरूभूमि र उच्च गर्मी हुने दुबई जलमग्न हुने अवस्थामा कसरी पुग्याे? याे प्रश्न यतिबेला सबैकाे मनमा उब्जिएकाे छ ।

आँधीका कारण बहराइन र ओमान पनि प्रभावित 

भारी वर्षाका कारण दुबईका सडकहरु भत्किएका छन् भने घरको छाना,ढोका र झ्यालबाट पानी पर्न थालेको छ । यस्तै,आँधीको प्रभाव दुबईभन्दा बाहिर पनि फैलिएको छ । पूरै संयुक्त अरब इमिरेट्ससँगै छिमेकी राष्ट्र बहराइन पनि बाढीले डुबेको छ । अहिलेको अवस्थालाई ध्यानमा राख्दै युएईमा विद्यालयहरू बन्द गरिएको छ । अर्कोतर्फ,ओमानमा वर्षा र आँधीका कारण हालसम्म २० जनाको मृत्यु भइसकेको छ । आँधीका कारण बहराइनको अवस्था पनि नाजुक बनेको छ ।

संयुक्त अरब इमिरेट्सको ओमानसँग सीमा जोडिएको सहर अल ऐनमा २५४ मिलिमिटर (१० इन्च) वर्षा रेकर्ड गरिएको छ। यो सन् १९४९ पछिकाे २४ घण्टाको अवधिमा रेकर्ड गरिएकाे सबैभन्दा बढी वर्षा हो।

के कृत्रिम वर्षाले आँधी आयाे ?

संयुक्त अरब इमिरेट्स र अरब प्रायद्वीपका अन्य स्थानमा विरलै वर्षा हुन्छ। सामान्यतया यी स्थान सुख्खा मरुभूमिको मौसमको लागि परिचित छन्। गर्मीमा यहाँको तापक्रम ५० डिग्री सेल्सियसभन्दा माथि जान्छ। यसैगरी,यूएई र ओमानमा भारी वर्षाको सामना गर्न पानी निकास प्रणालीको अभाव रहेकाे छ। यहाँ पानी पर्दा सडक डुबानमा पर्नु सामान्य कुरा होइन ।

यस्तो अवस्थामा कृत्रिम वर्षा बाढीको कारण हुन सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको छ । वास्तवमा, पृथ्वीको सबैभन्दा तातो र सुख्खा क्षेत्रहरू मध्येकाे एक संयुक्त अरब इमिरेट्समा प्रायः कृत्रिम वर्षा गराइन्छ। तर यूएईको मौसम विज्ञान एजेन्सीले आँधी आउनुअघि त्यस्तो कुनै काम नगरिएको बताएको छ।

कृत्रिम बादल कसरी बनाइन्छ?

यस प्रक्रियामा सिल्भर आयोडाइड विमानको सहायताले आकाशमा छर्किने गरिन्छ। आकाशमा रहेको हावा र बादलको सम्पर्कमा आउने बित्तिकै यी तिव्र गतिमा बादलहरू बन्न थाल्छन् र यी बादलहरूले वर्षा गराउन थाल्छन्। यसलाई क्लाउड सीडिङ ​​पनि भनिन्छ। सिल्भर आयोडाइड हिउँ जस्तै हुन्छ र आद्र बादलमा पानीको मात्रा बढाउँछ, त्यसपछि वर्षा हुन्छ। यो चरम सुख्खा क्षेत्रहरू र गम्भीर प्रदूषण अवस्थाहरूको सामना गर्नका लागि गरिन्छ। क्लाउड सीडिङ गम्भीर आगलागीका दुर्घटनाहरू सामना गर्न पनि प्रयोग गरिन्छ।

के जलवायु परिवर्तन कारण हो?

सामान्य मौसमी प्रणालीका कारण भारी वर्षाको सम्भावना हुने  विज्ञहरुले बताएका छन् । यद्यपि यूएईकाे राष्ट्रिय मौसम विज्ञान केन्द्रका वरिष्ठ माैसम विज्ञ एसरा अलन्काबीका अनुसार माथिल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली र सतहमा रहेको न्यून चापसँग मिलेर हावामा चापको रूपमा काम गरिरहेको थियाे। जमिनकाे तहमा उच्च (गर्मी) तापक्रम र न्यून (चिसाे) तापक्रमबीचको चापको अन्तरले आँधीको अवस्था सिर्जना गरेको उनले बताए ।

अप्रिलमा भएका घटना पनि यसको कारण रहेको उनले बताए । किनभने मौसम परिवर्तन हुँदा चाप द्रुत रूपमा परिवर्तन हुन्छ। त्यसैले आँधीमा जलवायु परिवर्तनको पनि योगदान रहेको भन्न सकिन्छ।

मानव नेतृत्वमा जलवायु परिवर्तनका कारण बढ्दो विश्वव्यापी तापक्रमले भारी वर्षा लगायत विश्वभरि नै चरम मौसमी घटनाहरू निम्त्याइरहेको जलवायु वैज्ञानिकहरू बताउँछन्। व्रिजे यूनिभर्सिटी एम्स्टर्डमका प्रोफेसर डिम काेमेका अनुसार युएईमा पछिल्ला दिनमा भएकाे मेघ गर्जन र वर्षा  जलवायु परिवर्तनकाे एक उदाहरण हो।

भारी वर्षाकाे कारण के हाे ?

इम्पेरियल कलेज लन्डनका जलवायु विज्ञानका वरिष्ठ लेक्चरर फ्रेडरिक ओटोले जलवायुको तापक्रमले विश्वभर भारी वर्षा भइरहेको छ किनकी ताताे वातावरणले बढी चिसो राख्न सक्ने बताए। क्लाउड सिडिङका कारण भारी वर्षा भएकाे भन्नु भ्रम रहेकाे पनि उनले बताए ।

उनले क्लाउड सिडिङले शून्यबाट बादल बनाउन नसक्ने पनि दाबी गरे। यसले आकाशमा पहिले नै रहेको पानीलाई केही स्थानमा छिटा पार्न मात्र प्रोत्साहित गर्छ। त्यसैले पहिले, हामीलाई आद्रता (Humidity) चाहिन्छ। यो बिना बादल बन्न सक्दैन।

अष्ट्रेलियन नेसनल युनिभर्सिटीको इन्स्टिच्युट फर क्लाइमेट, इनर्जी एण्ड डिजास्टर सोलुसनका निर्देशक मार्क हाउडेनले बदलिएको मौसमले दुबई आसपासका समुन्द्रमा अत्याधिक ताताे पानी आएको बताए। यहाँको तापक्रम अहिले उत्कर्षमा पुगेको छ । यसले सम्भावित वाष्पीकरण दर र त्यो पानीलाई समात्ने वायुमण्डलको क्षमता दुवै बढाउँछ जसले गर्दा भारी वर्षा हुन्छ।

युनिभर्सिटी अफ एडिनबर्गका मौसमविद् ग्याबी हेगर्लले जलवायु परिवर्तनको असरका कारण संयुक्त अरब इमिरेट्स र ओमान जस्ता धेरै ठाउँमा अत्याधिक वर्षा हुने सम्भावना रहेको बताए। भारी वर्षाका लागि उपयुक्त अवस्था हुँदा हावामा चिसो बढी हुने भएकाले भारी वर्षा हुने गरेको पनि उनले बताए ।

एजेन्सीकाे सहयाेगमा ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।