हिमालयन सेक्युरिटिजको कारोबार सुरूवात

Apr 25, 2024 05:17 PM Merolagani

हिमालयन बैंक(HBL)को पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको आजबाट व्यवसायिक कारोबार संचालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई ब्रोकरेज तथा सम्वद्ध सेवाहरु प्रदान गर्ने लक्ष्य राखेको हिमालयन सेक्युरिटिज लिमिटेड(HSL)को कुल चुक्ता पूँजी ६० करोड रूपैयाँ रहेकाे छ ।

पूर्ण कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट २०८०काे भदाै ६ गते स्वीकृति प्राप्त गरको हिमालयन सेक्युरिटिज लिमिटेडले २०८० माघ ०३ मा नेपाल स्टक एक्स्चेन्जबाट सदस्यता प्राप्त गरेको थियो ।

ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धताकाे साथ कारोबार संचालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबार सहित अन्य विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । कम्पनीले प्रारम्भिक चरणमा ग्राहकहरुलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र निकट भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरि मार्जिन कारोबार ( Margin Lending) तथा अन्य पुँजी बजार सम्बन्धी सेवाहरु प्रदान गर्ने बताएकाे छ ।

वित्तीय क्षेत्रमा लामो समय नेतृत्वदायी भूमिकामा रहेका बौद्धिक व्यक्तित्वहरुको संचालक समितिबाट निर्देशित हिमालयन सेक्युरिटिज लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै धितोपत्र दलाल सेवाको लागि प्राथमिक सेवा प्रदायक बन्ने लक्ष्य राखेको छ ।

कम्पनीले हाल सि.टि.सि. मल, सुन्धारामा रहेको कार्यालयबाट आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

 

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।