आउँदो साता बजेट अधिवेशन आव्हान गर्ने तयारी

Apr 25, 2024 05:27 PM Merolagani

आउँदो साता बजेट अधिवेशन आव्हान गर्ने तयारी रहेकाे छ । नीति तथा कार्यक्रममाथि छलफल गर्ने समय राख्दै बैशाखको तेस्रो सातामा आर्थिक बर्षको बजेट अधिवेशन आव्हानको तयारी गरिएकाे हाे ।

खासगरी, हरेक आर्थिक बर्षको बजेट जेठ १५ गते संघीय संसदमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकाे छ । तर याे बर्ष भने बजेट अधिवेशन सुरू हुनु अघि नै केही कानूनहरु संशोधन गर्नुपर्ने थियाे  ।तथापी हिउँदे अधिवेशन प्रभावकारी बन्न सकेन । सुरुवातमै संघीय संसदले कार्यतालिका बनाउँदा पनि हिउँदे अधिवेशन प्रभावकारी बन्न सकेन । दलहरुबीचमा सहमति नजुटेका कारण वैशाखको दोस्रो साता नै हिउँदे अधिवेशन सकिएको थियो ।

तर जेठ १५ मा नै बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण अब बजेट अधिवेशन भने समयमै सुरु गर्नुपर्ने भएकाे छ । बजेट प्रस्तुत हुनुअघि संसदमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्ने र त्यसमाथि छलफल गरिन्छ । त्यसैले, नीति तथा कार्यक्रममाथि छलफल गर्ने समय राख्दै बैशाखको तेस्रो सातामा आर्थिक बर्षको बजेट अधिवेशन आव्हानको तयारी गरिएकाे हाे ।

बजेट अर्थात बर्खे अधिवेशन मुख्यतः बजेट निर्माणमा केन्द्रित रहेकाे हुन्छ । सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमाथि अधिवेशनमा गहन तथा विस्तृत छलफल गर्ने गरिन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।