लाइफ इन्स्योरेन्स कर्पोरेशनले लाभांश वितरण नगर्ने

Apr 30, 2024 10:24 AM Merolagani



लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (LICN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

बैशाख १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो निर्णयपश्चात इन्स्योरेन्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरण पठाएको छ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।