सूचना प्रविधि दिवसकै दिन भारतले अवरोध गरेपछि देशभर इन्टरनेट सेवामा समस्या

May 02, 2024 06:14 PM Merolagani



देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ। निजी इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा एकाएक समस्या देखिएको हो। नेपाल टेलिकमसँग सम्बन्धित इन्टरनेट सेवामा भने समस्या देखिएको छैन । आज सूचना प्रविधि दिवस मनाउँदै गर्दा धेरै इन्टरनेट सेवा प्रदायककाे सेवा अवरुद्ध भएकाे हाे । 

नेपालमा मुख्यतया भारतबाट इन्टरनेट ब्यान्डविथ भित्रिने गरेको छ। एयरटेल कम्पनीले उक्त ब्यान्डविथ नेपाललाई प्रदान गर्छ। तर, अहिले नेपाली इन्टरनेट सेवाप्रदायकलाई सटही सुविधा रोकिदिएको छ। सरकारसँग कर विवादको कारण सरकारले कम्पनीहरुलाई उक्त सुविधा रोकिदिएको हो।

यसले कम्पनीहरुले एयरटेललाई तिर्नुपर्ने करिब ३ अर्ब रुपैयाँ भुक्तानी झण्डै वर्ष दिनयता हुन सकेको छैन। नेपालमा भित्रिने ब्रोडब्यान्डमध्ये करिब ७० प्रतिशत भारतबाटै आउँछ।

‘मुख्य सर्भरमा समस्या देखिएको र एक,डेढ घण्टामा समाधान गर्ने प्रयास भैरहेको इण्टरनेट सेवा प्रदायकहरुले बताएका छन् ।

इण्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले सेवाग्राहीलाई एसएमएस पठाएर सेवामा समस्या देखिएकामा क्षमा माग्दै अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकसँगको समस्याका कारण इन्टरनेटमा समस्या देखिएको बताएको छ।

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।