क्यानडासँग व्यापार युद्धका कारण अमेरिकामा लोडसेडिङ !

Mar 11, 2025 03:41 PM mero lagani



लोडसेडिङ हुनु हामी नेपालीहरुको लागि मात्र होइन, सिंगै दक्षिण एशियाको लागि नै ठूलो कुरा मानिदैन । तर, अमेरिका जस्तो महाशक्तिशाली राष्ट्रमा लोडसेडिङ हुन थाले के होला ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरु गरेको व्यापार युद्धको कारण अमेरिकाका कैयौं राज्यहरुमा लोडसेडिङ हुने खतरा बढेको छ । अमेरिकाको मिनिसोटा, मिचिगन र न्यूयोर्कका करिब १५ लाख घरमा क्यानडाको ओण्टरिया प्रान्तबाट बिजुली आयात हुन्छ । ती प्रान्तमा त्यो बाहेक बिजुलीको भरपर्दाे अर्काे कुनै स्रोत छैन ।

तर, पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरु गरेको व्यापार युद्धको कारण आक्रोशित भएका ओण्टरियो प्रान्तका प्रमुख डग फोर्टले अमेरिकामा हुँदै आएको विद्युत निर्यातलाई कुनै पनि बेला कटौती गर्न सक्ने चेतावनी दिएका छन् । ‘राष्ट्रपति ट्रम्पले व्यापार युद्ध जारी राखे भने, क्यानडा विरोधी गतिविधिलाई जारी राखे हामी कुनै पनि बेला विद्युती कटौती गर्नेर्छाैं । यदि त्यस्तो नहोस भन्ने चाहाने हो भने ट्रम्प सच्चिनु जरुरी छ ।’

ओण्टरियोले अहिले दैनिक ४ लाख डलर बराबरको विजुली अमेरिकालाई विक्री गर्छ ।




comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

Mar 07, 2025 10:35 AM

फागुन २३ गते, शुक्रबार, नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।